१२ आश्विन २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
अवकास प्राप्त कर्मचारीलाई गाउँपालिकाले गर्यो सम्मान – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

अवकास प्राप्त कर्मचारीलाई गाउँपालिकाले गर्यो सम्मान

सर्लाही,१० फागुन। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा रहेका अवकास प्राप्त सम्पूर्ण कर्मचारीलाई गाउँपालिकाले सम्मान गरेको छ। मंगलबार चन्द्रनगर गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी देशैभरी छरिएर विभिन्न सेवामा काम गरि अवकास प्राप्त गरि घर बसेका कर्मचारीलाई चन्द्रनगर गाउँपालिकामाले सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिंगले जानकारी दिनुभयो ।

कार्यक्रममा अवकास प्राप्त शिक्षक, प्रहरी,निजामती कर्मचारी, कृषि विज्ञ, नेपाली सेना लगायत विभिन्न सेवाका कर्मचारी गरि ६८ जना कर्मचारीलाई सम्मान गरिएको थियो।

कार्यक्रम चन्द्रनगर गाउँपालिकाकाका अध्यक्ष महेन्द्र महतो, उपाध्यक्ष विणा देवी साह, शिक्षा शाखा प्रमुख हरिकान्तलाल कर्ण, वडा नं ४ का वडा अध्यक्ष जग्दिश साह, ५ का नन्दलाल राय , ३ का रामनारायण महतो, ३ का सिताराम महतो लगायत अवकास प्राप्त कर्मचारीहरुको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.