१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एकिकृत समाजवादी एमसीसी सम्झौताको विपक्षमा रहेको मन्त्री महतोको भनाई – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारस्थानीय

एकिकृत समाजवादी एमसीसी सम्झौताको विपक्षमा रहेको मन्त्री महतोको भनाई

लालबन्दी,१० फागुन । नेकपा एकिकृत समाजवादी सर्लाही जिल्ला कमिटीको विस्तारित वैठकले अमेरिकन सहयोग परियोजना एमसीसी राष्ट्रघाती रहेको भन्दै बिरोध गरेको छ ।

आज लालवन्दीमा भएको बैठकले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न नहुने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिनुभयो ।बैठकलाई सम्बोधन गर्दै पार्टी स्थायी कमिटी सदस्य तथा मधेश प्रदेशका मन्त्री सत्रुघन महतोले एमसीसी सम्झौताको विपक्षमा आफ्नो पार्टी रहेको प्रष्ट पार्नु भयो ।

उहाले एमाले अध्यक्ष केपि ओलीलाई लक्ष्य गर्दै एमसीसी जस्तो देश बिरोधी सम्झौतालाई गलत भन्ने शाहस सम्म नभएको नेतालाई सबैले चिनेको आरोप लगाउनु भयो ।बैठकमा पार्टी नेताहरु लक्ष्मण पौडेल, रबिन्द्र बैठा, बेची लुङेली, देबेन्द्र राय, अन्जु पौडेल, गोबिन्द अधिकारी लगाएतले मन्तव्य राख्नु भएको थियो ।

बैठकले आगामी स्थानीय निर्वाचनको तयारी, संगठन विस्तार, सदस्यता प्रदान, पालीकाको अवस्था अध्ययन लगायतका निर्णय गरेको प्रचार प्रमुख वाग्लेले बताउनु भयो । बैठकले पार्टी नीतिवारे थप प्रष्ट पारेको र अब सर्लाही जिल्लाभर नेकपा एकीकृत समाजबादीको अभियान तिब्र हुने प्रचार विभाग प्रमुख वाग्लेको दावी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.