३० फाल्गुन २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
गठबन्धनको उम्मेदवारलाई नसघाए नेता श्रेष्ठलाई कांग्रेसले कार्वाही गर्ने – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

गठबन्धनको उम्मेदवारलाई नसघाए नेता श्रेष्ठलाई कांग्रेसले कार्वाही गर्ने

लालबन्दी,१६ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा केन्द्रीय निर्वाचन प्रचारप्रसार बिभाग समिति सदस्य शम्भुलाल श्रेष्ठलाई पाँच दलीय गठबन्धनका उम्मेदवारलाई नसघाए नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं १ ले कार्वाहीको लागि सिफारिस गर्ने भएको छ ।

श्रेष्ठले नेपाली कांग्रेसको बिधान नियमावली तथा पार्टि केनिद्रय समितिको निर्णय विपरित गठबन्धनको आधिकारिक उमेदवार विरुद्ध वागी स्वतन्त्र उम्मेदवारको पक्षमा प्रचाप्रसार गरेको प्रमाणहरु फेला परेको हुदाँ नेपाली कांग्रेस क्षेत्रीय कार्यालय क्षेत्र १ ले ध्यानाकर्षण पत्र लेखेको केन्द्रिय महाधिवेशन प्रतिनिधि योगराज देवकोटाले जानकारी दिए ।

नेपाली कांग्रेसका केन्द्रीय  निर्वाचन प्रचारप्रसार बिभाग समिति सदस्य जस्तो गरिमामय पदमा श्रेष्ठ रहेको हुदाँ पनि पाँच दलीय गठबन्धनलाई सघाउनुको सट्टा एमालेको वागी स्वतन्त्र उम्मेदवारलाई सघाएर श्रेष्ठले नेपाली कांग्रेसको विधान विपरीत कार्य गरेको केन्द्रिय महाधिवेशन प्रतिनिधि देवकोटाले बताउनुभयो ।

केन्द्रिय महाधिवेशन प्रतिनिधि श्रेष्ठले नेपाली कांग्रेसले आयोजना गरेको विभिन्न कार्यक्रममा पटक पटक खवर गर्दा पनि कहि कतै उपस्थित नभई वागी स्वतन्त्र उम्मेदवारलाई सघाएर गैर जिम्मेवार कार्य गरेको हुदाँ तत्कालको लागि ध्यानाकर्षण पत्र लेखिएको नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं १ का सभापती हरि बहादुर लुङ्गेलीले जानकारी दिए ।

नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं १ले नेता श्रेष्ठलाई अबिलम्ब पार्टिको निर्णय अनुसार गठवन्धनको आधिकारिक उम्मेदवारलाई जिताउने तथा पार्टिको गतिविधिमा समेत फर्किनु हुन अनुरोध समेत गरेको छ । नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं १ का सभापती हरि लुङ्गेलीद्धारा हस्तक्षारित ध्यानाकर्षण पत्रमा श्रेष्ठको यस्तो कार्य नसचिए पार्टिको बिधान नियमावली अनुसार कार्वाहीको लागि सिफारिस गरिने पत्रमा उल्लेख छ ।

नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं १ले ध्यानाकर्षण पत्र नेपाली कांग्रेस केन्द्रिय कार्य समिति,सानेपा, नेपाली कांग्रेस मधेश प्रदेश कार्य समिति, जनकपुर र नेपाली कांग्रेस जिल्ला कार्य समिति, सर्लाहीलाई बोधार्थ समेत पठाएको छ ।

श्रेष्ठले प्रतिनिधि सभा सदस्यमा पार्टी बाट टिकट नपाएको झोकमा पार्टीको निर्णय विपरित कार्यहरु गरेको नेपाली कंग्रेस सर्लाहीका नेताहरुले बताएको छ । क्षेत्र नम्बर –१ बाट दलिय भागबन्डा गर्दा टिकट नपाएपछि रुष्ट बनेका नेपाली काँग्रेसका नेता श्रेष्ठले एमालेका वागी उम्मेदवार मानबहादुर खड्कालाई सहयोग गरेको तस्बिरहरु पनि सार्वजनिक भएको छ । २०७४ सालको निर्वाचनमा श्रेष्ठलाई नेपाली काँग्रेसले टिकट दिएको भएपनि उहाँ अहिलेका बिपक्षी दल जसपाका उम्मेदवार प्रमोद साहसँग पराजित हुनुभएको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button