१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
उपमेयर घलान र वडा अध्यक्ष रेजाले गरे रेडियो सर्लाहीको निरीक्षण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

उपमेयर घलान र वडा अध्यक्ष रेजाले गरे रेडियो सर्लाहीको निरीक्षण

हरिवन । हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान र वडा नम्बर ११ का वडा अध्यक्ष शेख मेहबुब रेजाले रेडियो सर्लाहीको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।

हरिवन नगरपालिका ११ स्थित बजारमा रहेको जिल्लाकै पहिलो रेडियोको पहिचान बनाएको सामुदायिक रेडियो सर्लाहीको अनुगमन तथा निरीक्षण गर्नुहुँदै उपमेयर घलान र वडा अध्यक्ष रेजाले रेडियोको भौतिक संरचना निर्माण र गुणस्तर सुधारमा आवश्यक सम्पूर्ण सहयोग नगरपालिकाले गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

तिहार, छठ तथा अन्य पर्वको शुभकामना आदान प्रदानसहित उहाँहरुलाई स्वागत तथा सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपमेयर घलानले सामुदायिक रेडियो सर्लाही हरिवनको मात्र नभई जिल्लाकै सम्पति भएकोले यसको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय सरकारका गतिविधि तथा देशविदेशका सूचना नगर तथा जिल्लावासीलाई सुसुचित गराउन विगत देखि नै रेडियोले खेलेको भूमिका उल्लेखनीय रहेको भन्नुहुँदै रेडियोलाई थप व्यवस्थित र स्तरीय बनाउन यसका सञ्चालक तथा व्यवस्थापनलाई सुझाव दिनुभयो ।

त्यस्तै विशिष्ट अथिति हरिवन ११ का वडा अध्यक्ष शेख मेहबुव रेजाले ढिलै भएपनि रेडियोले आफूहरुलाई सम्झेर स्वागत तथा सम्मान गरेको भन्दै धन्यवाद दिनुभयो । उहाँले विगतमा पनि आफूले व्यक्तिगत तथा आफ्नो वडाको तर्फबाट रेडियोलाई आवश्यक सहयोग गर्दै आएकोले अब पनि यथेष्ट सहयोग गर्ने बताउनुभयो । ‘रेडियोले विर्सियोकी भन्ने लागेको थियो,’ वडाअध्यक्ष रेजाले भन्नुभयो,‘तर अब नयाँ व्यवस्थापनसहित अझ स्तरीय ढंगले सञ्चालन हुने कुराले निकै खुशि लागेको छ । हामी आवश्यक सहयोग गर्न तयार छौं ।’

रेडियो सञ्चालन तथा व्यवस्थापन उपसमितिका सदस्य विनय न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सोही उपसमितिका सदस्य सुरज खनाल, उपमेयरका स्वकीय सचिव एक बहादुर तामाङ, रेडियोका स्टेशन म्यानेजर पत्रकार सोम दियाली, रेडियोका शुभेच्छुक वाङ्चु लामा लगायतको उपस्थिति रहेको थियो । सो क्रममा हरिवनवासीको अपार माया पाएर उपमेयरमा निर्वाचित हुनु भएका उपमेयर घलान, र दोश्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित हुनु भएका वडा अध्यक्ष रेजालाई रेडियोको तर्फबाट दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

त्यस्तै उहाँहरुको सफल कार्यकालको लागि शुभकामना समेत रेडियोले व्यक्त गरेको रेडियोका स्टेशन म्यानेजर दियालीले जानकारी दिनुभयो । उहाँका अनुसार रेडियो सर्लाहीको अहिले नयाँ स्टुडियो निर्माण तथा टावरको मर्मत संभारको काम भईरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.