३१ बैशाख २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
युवा समाज सेवी मोक्तानले दिए एक लाख पर्ने अक्टो प्याड बाजा – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

युवा समाज सेवी मोक्तानले दिए एक लाख पर्ने अक्टो प्याड बाजा

सर्लाही,१७ फागुन । सर्लाहीमा मनकारी व्यक्तिको कमि छैन भने उदाहरण दिदँै सर्लाहीका हरिवन नगरपालिका निवासी समाजसेवी संजिव मोक्तानले आफ्नो निजि लगानीमा एक लाख पर्ने अक्टो प्याड बाजा भजन मण्डलीलाई दिएर प्रमाणित गरेको छ ।मंगलवार सर्लाहीको हरिवन नगरपालिका वडा नं. ३ धारटोलका भजन मण्डलीलाई युवा समाज सेवी सन्जीव मोक्तानले एक थान अक्टो प्याड बाजा सहयोग गरेका छन ।

एक कार्यक्रमका बीच मोक्तानले भजन मण्डली संयोजक शिवशंकर महतोलाई अक्टो प्याड हस्तान्तरण गरेको हो । एक लाख पर्ने अक्टो प्याड पाएपछि भजन मण्डली खुशी भएका छन ।संस्कृती उत्थानमा सहयोग पुग्ने उदेश्यले भजन मण्डलीलाई अक्टो प्याड सहयोग गरेको मोक्तानले बताए ।समाज सेवी मोक्तान यस अघि पनि विभिन्न समाजिक कार्यमा सहयोग गर्दै आएका छन ।

कार्यक्रममा जसपाका नेता गंगालाल थिङ, स्थानियहरु मनिष मोक्तान, गणेश मोक्तमा जोगिन्द्र महतो, अशेश्वर महतो, प्रेम महतो, रविकान्त महतो लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.