८ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
बाल विकास नेपालको जिल्ला स्तरीय परिचयात्मक बैठक सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

बाल विकास नेपालको जिल्ला स्तरीय परिचयात्मक बैठक सम्पन्न

नयाँरोड, १६ फागुन । सर्लाहीको बागमती नगरपालिका स्थित सिता प्यालेस होटल नयाँरोडमा बाल विकास नेपाल बरहथवाको जिल्ला स्तरीय कार्यक्रम तथा परिचयात्मक बैठक सम्पन्न भएको छ । एड एट एक्सन नेपाल ललितपुरको सहयोग, बाल विकास नेपालको आयोजना तथा बाल विकास नेपालका अध्यक्ष बिरेन्द्र रायको अध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रममा बाल विकास कक्षा, सिपमुलक तालिम, लगायत विभिन्न विषय बस्तुहरुमा चर्चा गरिएको थियो । कार्यक्रममा संस्थागत जानकारी, संस्थाको दूरदृष्टि, ध्येय, लक्ष्य, उदेश्य, परियोजनाको उदेश्य, परियोजनाको बार्षिक योजना तथा उपलब्धिहरु लगायत विभिन्न विषयमा समेत छलफल गरिएको बाल विकास नेपालका सचिव सुनिल यादवले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति उप प्रमुख जमुना पराजुलीले बाल विकास नेपालले जिल्लाको विभिन्न पालिकाहरुमा राम्रो काम गरेको बताउनुभयो । उहाले यस्ता संस्थाहरुले बाल श्रमको न्युनिकरण गर्नको लागि पहल गर्दा अझ शिक्षामा सबै बालबालिकाको पहुँच हुने बताउनुभयो । सामुदायिक द्यिालयका शिक्षकहरु आफनै छोराछोरीलाई निजि विद्यालयमा पढाउने गरेको छ । यस्ता शिक्षकहरु दक्ष नभएको उहाले बताउनुभयो ।

विष्णुु गाउँपालिका अध्यक्ष जवाहरलाल यादवले बाल विकास नेपालले विष्णु गाउँपालिकामा उदाहरणीय कार्य गरेको बताउनुभयो । भारतको सिमाना जोडिको यो पालिकामा कुनै पनि संघ संस्थाले पाइला नटेकेको समयामा बाल विकास नेपालले गाउँपालिकामा आएर बाल कक्षा, शिक्षा तथा विभिन्न सिपमुलक शिक्षामा लगानी गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो । उहाले ७ सय ५३ स्थानिय तहहरु मध्ये विष्णु गाउँपालिकामा पहिलो पटक शिक्षा ऐन बनाएर शिक्षक अभावलाई परिपुर्ति गर्ने कार्य आफुले गरेको गाउँपालिका अध्यक्ष यादवले बताउनुभयो ।

बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थापाले कार्यक्रमहरुमा औपचारिकता भन्दा बढि मुख्य कुरामा फोकस गर्नु राम्रो हुने बताउनुभयो । बाल विकास नेपालकाका कार्य उत्कृष्ट छ, जिवन उपयोगि शिक्षाको बर्तमान समयमा माग भएको प्रशासकीय अधिकृत थापाले बताउनुभयो ।जागिर मुखि शिक्षा भन्दा बाल विकास नेपालले जिवन उपयोगी शिपमुलक शिक्षामा ध्यान पुरयाएको हुदाँ अझ बढि सिपमुलक शिक्षामा बाल विकास नेपालले कदम चालनु पर्ने प्रशासकीय अधिकृत थापाले मनत्वय राखेका थिए ।

शिक्षा विकास तथा समन्वय ईकाइका प्रतिनिधि सोभित साहका अनुसार बाल विकास नेपालले गरेको सबै कार्यहरु ठिक भएको तर गरेको कार्यहरुको प्रगति विवरण सम्बन्धित निकायमा नपठाएको बताउनुभयो।

साे अबसरमा समीक्षा बैठकलाई सम्बाेधन गर्दै एड एट एक्सन नेपालकी प्रबन्धक ईलिजा तुलाधरले कार्यक्रम सञ्चालनमा काेभिडले केही असर गरेकाे बताउनु भयाे । उहाँले सबैकाे सुझावलाई दृष्टगत गरी सुधार, परिमार्जन र सफल बनाउन अाफुहरु लाग्ने बताउनु भयाे । काेविडकै कारण कार्यक्रमकाे बजेट कम भएकाे भएपनि बजेटका बिषयमा बाेडमा छलफल गर्ने बताउनु भयाे ।

कार्यक्रम विष्णु गाउँपालिकाका अध्यक्ष जवाहर राय, जिल्ला समन्वय समिति उपसभापती जमुना पराजुली, एड एट एक्सन नेपालका प्रबन्धक ईलिजा तुलाधर, लेखा प्रमुख महेश बख्रेल,बरहथवा नगरपालिका, विष्णु गाउँपालिका लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.