२६ बैशाख २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुर्वामा ३ दिने घुम्ति शिविर खोप अभियान सम्पन्न, ४ सय ३८ जनाले लगाए खोप – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिपुर्वामा ३ दिने घुम्ति शिविर खोप अभियान सम्पन्न, ४ सय ३८ जनाले लगाए खोप

हरिपुर्वा,२१ फागुन । सर्लाहीको हरिपुर्वा नगरपालिकामा ३ दिने कोभिड– १९ विरुद्धको खोप अभियान घुम्ति शिविर सम्पन्न भएको छ । वर्लड भिजन इन्टरनेशनल र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र लालबन्दीको साझेदारी तथा हरिपुर्वा नगरपालिकाको सहयोगमा सामुदायिक उत्थानशिलता विपद् सहयोग नेपालमा कोभिड–१९ पुनरलाभ परियोजना अन्तर्गत हरिपुर्वाको विभिन्न वडामा कोभिड विरुद्धको खोप अभियान सम्पन्न भएको छ ।

फागुन १७ गते देखि घुम्ति शिविर खोप अभियान सुरु भई हाल सम्म ४ सय ३८ जनाले कोरोन विरुद्धको विभिन्न खोप लिएको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र लालबन्दीका सामुदायिक उत्थानशिलता विपद् सहयोग ः नेपालमा कोभिड–१९ पुनरलाभ परियोजनाका परियोजना संयोजक आदित्य अधिकारीले जानकारी दिए । खासगरी सुत्केरी तथा गर्भवती महिला, अति विपन्न परिवार, जेष्ठ नागरिक, अति अशक्त र अपाङ्गता भएका व्यक्ति तथा अन्य सबै व्यक्तिलाई कोभिडशिल्ड, भेरोसेल, जोनसेन खोप लगाइएको परियोजना संयोजक अधिकारीले जानकारी दिए ।

हरिपुर्वामामा पहिले देखि खोप अभियान भए पनि धेरै जसो व्यक्ति खोप लिन नसकेको हुदाँ केहि दिन पहिला टायर गाडामा खोप सम्बन्धि सूचना प्रसारण गरीएको थियो । त्यस्तै महिला स्वयमसेविकाहरुलाई पनि परिचालित गरी सुत्केरी गर्भवती महिलाले पनि खोप लिन सकने सूचना दिएर भुम्ति खोप अभियान सुरु गरिएको परियोजना संयोजक अधिकारीले बताए ।

घुम्ति शिविरमा ४ सय ३८ जना मध्ये १ सय ६९ जना महिला र ७१ जना पुरुषलाई कोभिडशिल्ड, ७२ जना महिला र ४२ जना पुरुषलाई भेरोसेल, ३४ जना पुरुष र ५० जना महिलाईलाई जोनसेन खोप दिइएको थिायो । जसमध्ये २ सय ७५ जनालाई पहिलो मात्रा खोप, ९४ जनालाई दोस्रो मात्रा खोप र ६९ जनालाई बुष्टर खोप दिइएको फागुन १७ गते देखि वडा नं. ९ बंसन्तपुरमा , बगियाबा टोल, वडा नं. ७ र ८ गरी १ सय ६८ जना मध्ये पहिलो मात्रा खोप ८७ जनालाई दोश्रो मात्रा खोप ३५ जनालाई,बुष्टर डोज ४६ जनालाई दिइएको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.