सामुदायिक रेडियो प्रसारक संघ नेपाल मधेश प्रदेशको वार्षिक सधारण सभा सम्पन्न

प्रेमनाथ पौडेल
सर्लाही,२१ फागुन । सामुदायिक रेडियो प्रसारक संघ नेपाल मधेश प्रदेशको तेस्रो वार्षिक साधारण सभा शुक्रवार सर्लाहीको बागमती नगरपालिकामा सम्पन्न भएको छ । सामुदायिक रेडियो प्रसारक संघ नेपाल मधेश प्रदेशको आयोजना तथा सामुदायिक रेडियो प्रसारक संघ नेपाल मधेश प्रदेशका अध्यक्ष मनोज यादवको अध्यक्षतामा मधेश प्रदेशको ८ वटै जिल्ला गरी सामुदायिक रेडियो प्रसारक संघ नेपाल सँग आवद्ध विभिन्न रेडियोहरुको प्रतिनिधिहरुको सहभागितामामा बागमती नगरपालिका स्थित सिता प्यालेस होटल नयाँरोडमा सामुदायिक रेडियो प्रसारक संघ नेपाल मधेश प्रदेशको सधारण सभा सम्पन्न भएको सामुदायिक रेडियोकर्मी अच्युतम सापकोेटाले जानकारी दिनुभयो । तेस्रो बार्षिक साधारण सभामा बार्षिक कार्यपत्र, आर्थिक प्रतिवेदन लगायत विभिन्न विषय बस्तुहरुमा छलफल गरिएको सामुदायिक रेडियोकर्मी सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहले मधेश प्रदेश भित्रका सञ्चार माध्यमहरुलाई के कसरी जोगाउन सकिन्छ भन्ने विषयमा पटक पटक विभिन्न ठाउँमा चर्चा भएको बताउनुभयो । मधेश प्रदेश सरकार आन्दोलन बाट आएको सरकार भएकोले सञ्चार माध्यमको समस्या प्रति मधेश प्रदेश सरकार गम्भिर भभएको मन्त्री साहले बताउनुभयो । मिडियामा गुणस्तर कसरी कायम गर्ने र अर्को तर्फ बन्द हुने सञ्चार माध्यमलाई संरक्षण कसरी गर्ने दुई थरीको समस्या छ, मधेश प्रदेश सरकार हरेक समस्यामा साथ दिने मन्त्री साहले प्रतिबद्धता व्यक्त गर्नुभयोे । मधेश प्रदेश भित्र रहेका हरेक सञ्चार माध्यमलाई प्रदेश सरकारले लोक कल्याणकारी बिज्ञापनमा एकरुपता दिने प्रयास गर्ने छ मन्त्री साहले भन्नुभयो ।
त्यस्तै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्णले पत्रकारहरुले चलाएको पत्रपत्रिका तथा रेडियोहरुको बिज्ञापनमा एकरुपता नभएको गुणासो गर्नुभयो । उहाँले सञ्चार माध्यहरुको स्थानिय तहमै भएको बिज्ञापन पनि केन्द्रिय बेश अर्थात काठमाडौं केन्द्रित मिडियाहरुलाई गएर स्थानिय तथा प्रदेश लेभलको संञ्चारमाध्यमलाई अन्याय भएको बताउनुभयो ।
सामुदायिक रेडियो प्रसारक संघ नेपालका केन्द्रिय सदस्य कृष्ण कुमार स्माईलीले रेडियोलाई दुई तिन थरीको कर लिएर सरकारले रेडियोलाई अन्याय नै गरेको बताए । लोक क्लयाणकारी विज्ञापनमा पनि पारदर्शिता नभएको केन्द्रिय सदस्य स्माईलीले बताउनुभयो । कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ नेपाल मधेश प्रदेशका सचिव अच्युत पौडेल, उपाध्यक्ष उपासना तिवारी लगायत विभिन्न जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।