२४ बैशाख २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नेपाली कांग्रेस सर्लाहीको १४ औं जिल्ला अधिवेशन सोमवार हुने – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

नेपाली कांग्रेस सर्लाहीको १४ औं जिल्ला अधिवेशन सोमवार हुने

सर्लाही,२१ फागुन । लामो समयको बिवाद पछि बल्ल नेपाली कांग्रेस सर्लाहीको १४ औं जिल्ला अधिवेशन हुने भएको छ ।सर्लाही कांग्रेसमा दुई पक्षबीचको लामो विवादले क्षेत्र नं ४ मा पर्ने बलरा नगरपालिकाको वडा नं ८ गडहीया र वडा नं ९ अचलगढमा कांग्रेसको वडा अधिवेशन नै प्रभावित बनेको थियो ।

दुवै ठाउँमा गएको मंसिर १२ र १३ गते वडा अधिवेशन गराउन खोज्दा गोली नै चलेको थियो । झडपमा परी निर्वाचन अधिकृत, सुरक्षाकर्मी र पार्टीका नेता कार्यकर्ता घाईते भएका थिए ।

लामो समयको विवाद पछि दुई पक्षको सहमतिमा फागुन १९ गते वडा नं ८ गहडीयामा संस्थापन इतर पक्षका छितनु साह वडा सभापति र वडा नं ९ अचलगढमा वडा सभापतिमा प्रमोद चौधरी सर्व सहमति चयन भएपछि बल्ल सर्लाही कांग्रेसको जिल्ला अधिवेशन फागुन २३ गते सोमवार र पालिका अधिवेशन २९ तथा ३० गते तोकिएको हो ।

नेपाली कांग्रेस सर्लाहीले आज मतदाता नामवली प्रकाशन गरिसकेको छ भने, उम्मेदवारहरुले दरखास्त दिने काम गरिरहेको छ । त्यस्तै आजै उमेदवारको नामवली उपर दावी विरोध उमेदवारको संशोधित नामावली प्रकाशन, उम्मेदवारको दरखास्त फिर्ता लिने र उमेदवारको अन्तिम नामवली प्रकाशन गर्ने भएको नेपाली कांग्रेस जिल्ला निर्वाचन अधिकृतको कार्यालय, सर्लाहीले जनाएको छ ।

त्यस्तै सोमवार भने मतदान हुने छ भने पालिका अधिवेशन २९ र ३० गते हुने नेपाली कांग्रेस जिल्ला निर्वाचन अधिकृतको कार्यालय, सर्लाहीले जनाएको छ । कांग्रेस सर्लाहीको जिल्ला सभापतिमा संस्थापन पक्षबाट सुरेन्द्र प्रसाद सिंह र संस्थापन इतरबाट पूर्व जिल्ला सभापति लक्ष्मण राय आज सभापति पदको उमेदवारी दिदैँ हुनुहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.