१६ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
एमाले सर्लाहीको आठौं अधिवेशन , महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

एमाले सर्लाहीको आठौं अधिवेशन , महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने

फागुन ६। नेकपा (एमाले) सर्लाहीको आठौं जिल्ला अधिवेशन शनिबार सदरमुकाम मलंगवामा हुने भएको छ । मलंगवास्थित कुसुम पार्टी प्यालेसमा हुने अधिवेशनलाई प्रमुख अतिथिको रुपमा पार्टी केन्द्रीय महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने बताइएको छ ।

शनिवार विहान ८ बजे हुने अधिवेशनको उद्घाटन सत्रलाई पार्टी सचिव तथा मधेश प्रदेश ईन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटि सदस्य प्रभु साहसहित पार्टीका पोलिटव्यूरो सदस्य, केन्द्रीय सदस्यहरु र मधेश प्रदेश कमिटिका पदाधिकारीहरुले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले सर्लाही अध्यक्ष राजनारायण साहले जानकारी दिए । अध्यक्ष साहका अनुसार यो अधिवेशनले १३५ सदस्यीय जिल्ला कमिटि चयन गर्नेछ ।

जिल्ला अधिवेशन आयोजक प्रचार विभागका प्रमुख गीतानाथ मैनालीका अनुसार अधिवेशनमा सबै क्षेत्र, भूगोल र पार्टीका जनवर्गिय संगठनका प्रतिनिधिहरुको सहभागिता रहने छ । उनले अधिवेशन उद्घाटन सत्रको सम्पूर्ण तयारी पूरा भएको बताए । अधिवेशन आइतबार सकिने छ ।

कोभिडको कारण देखाउदै यसअघि पूर्वनिर्धारित मितिमा हुन नसकेको सर्लाही, महोत्तरी र धनुषाको जिल्ला अधिवेशनको प्रदेश कमिटिको माघ २१ गते बसेको बैठकले निर्णय गरेको थियो । जसअनुसार सर्लाहीको आज र भोलिको लागि मिति तय गरेको थियो भने धनुषाको फागुन ९–१० र महोत्तरीको फागुन ११–१२ गतेको मिति तय गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.