एमाले निकट भूपू सैनिक तथा प्रहरी संगठन सर्लाहीको अध्यक्षमा थापा चयन

हरिवन, २१ फागुन ।। नेकपा एमालेको जनवर्गिय संगठन नेपाल राष्ट्रीय भुतपुर्व सैनिक तथा प्रहरी सङ्गठन सर्लाहीको चौथो जिल्ला अधिवेसन शनिवार हरिवनमा सम्पन्न भएको छ ।
अधिवेशनले पुनः सूर्यजंग थापाकै अध्यक्षतामा संगठनको ५१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । नव गठित जिल्ला कमिटी उपाध्यक्षमा पदम बहादुर खडका(दिपक ), सचिवमा उज्वल कुमार थापा र अन्य सदस्यमा चयन भएका छन् ।
अध्यक्ष थापाकै अध्यक्षता तथा संविधानसभा सदस्य एवम् नेकपा एमाले केन्द्रीय कमिटी सदस्य कमलादेवी महतोको प्रमुख आतिथ्यतामा हरिवन स्थित सगुन सहकारी संस्थाको हभाहलमा भएको भेलाले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी लगायतका बक्ताहरुले संगठनको नव गठित जिल्ला कमिटिका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेकोले चुनावी अभियानमा लाग्न संगठनमा आवद्ध सबैलाई निर्देशन दिएका छन् ।
संगठनको जिल्ला अधिवेशन सफलता पूर्वक सम्पन्न भएको भन्दै उनीहरुले संगठनको नगर तथा गाउँ अधिवेशन समेत सफलतापूर्वक सम्पन्न गर्न निर्देशन दिएका छन् ।
भेलामा केन्द्रीय कमिटी सदस्य कल्पना कटवाल, संगठनका मधेश प्रदेश इन्चार्ज प्रभु नारायण शिवाकोटी(श्याम), संविधानसभा सदस्य हरि उप्रेती, एमाले जिल्ला कमिटी उपसचिवद्वय प्रकाश थापा र पार्वती विश्वकर्मा, एमाले मधेश प्रदेश कमिटी सदस्य राजकुकार उप्रेती हरिवन नगरपालिकाकी उपमेयर रेणुका कुमारी पौडेल, वडा नम्बर ९ का अध्यक्ष सिताराम पोखरेल, एमाले नेता केशव ढकाल, भूपू सैनिक चन्द्रदेव श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।