ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय
समाजबादीको पार्टी संगठन कार्यमूलक छलफल कार्यक्रम हरिवनमा सम्पन्न
हरिवन,२१ फागुन। नेकपा एकीकृत समाजबादीले आज सर्लाहीको हरिवनमा पार्टी संगठन कार्यमूलक छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
नगर कमिटीले गरेको कार्यक्रममा पार्टी र जनबर्गिय संगठनका सबै कमिटीलाई पूर्णता दिने योजना बनेको नगर अध्यक्ष चूडामणि वाग्लेले जानकारी दिनुभयो ।
कार्यक्रममा पोलिटब्युरो सदस्य लक्ष्मण पौडेल र जिल्ला अध्यक्ष सुरेन्द्र लामाले पार्टीलाई कृयाशिल बनाएर स्थानीय निर्बाचनमा विजयको झण्डा फहराउने दाबी गर्नुभयो ।हरिवनका ११ वडाका २ सय जना नेता कार्यकर्ताले समुहगत छलफलमा भाग लिएको वाग्लेले बताउनु भयो । अब सगठनका कामलाई वडा र टोलमा केन्द्रित गर्ने नेकपा एकीकृत समाजबादी हरिवनको दाबी छ ।