१२ आश्विन २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
बर्दिवासमा पत्रकारहरु सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

बर्दिवासमा पत्रकारहरु सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दिवास,२३ फागुन ।मोहत्तरीको बर्दिवासमा पत्रकारहरु साग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बागमती सेवा समाज नेपाल तथा आड्रा नेपालको सहयोगमा मधेश प्रदेशका चार जिल्लाका पत्रकारहरु सँग स्वास्थ्य समाचार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

आज बर्दिवास स्थित गौतम होटलमा सर्लाही, मोहत्तरी, रौतहट र धनुषाका पत्रकारहरु सँग कान्तिपुर पत्रिकाको इडिटर तथा स्वास्थ्य पत्रकार अतुल मिश्राले छलफल गर्नुभएको थियो ।

कार्यक्रममा पछिल्लो समय स्वास्थ्य समाचारको महत्व बढदा पनि बढि राजनैतिक समाचार संचार माध्यमा आउने गरेकोले स्वास्थ्य समाचारको स्थान पनि संचार माध्यममा बढि होेस भन्ने उदेश्यले कार्यक्रम संचालन गरिएको बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.