१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चुनाव हार्ने डरले सर्लाही कांग्रेसका अधिवेश वर्तमान सभापती र प्रदेश मन्त्रीले स्थगित गराएको आरोप – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

चुनाव हार्ने डरले सर्लाही कांग्रेसका अधिवेश वर्तमान सभापती र प्रदेश मन्त्रीले स्थगित गराएको आरोप

सर्लाही,२३ फागुन। सर्लाही कांग्रेसको अधिवेशन अनिश्चित बनेको छ । सर्लाहीको मलंगवा नगरपालिकामा नेपाली कांग्रेस जिल्ला कार्य समितिको सभापति र जिल्ला कार्य समितिको पदाधिकारी सहित ९३ पदको आज हुने मतदान स्थगित भएको छ ।सर्लाहीको मलंगवा नगरपालिका स्थित पथित पब्लिक मा.बि.मा आज नेपाली कांग्रेस सर्लाहीको अधिवेशन हुने भनिएको अधिवेशन बिवादका कारण स्थगित भएको हो ।
ईतरबाट पक्षका जिल्ला सभापति पदको उम्मेदवार लक्ष्मण रायले वर्तमान सभापति नागेन्द्र कुमार राय र मधेश प्रदेशका महिला, बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र प्रसाद सिंह तथा मन्त्री सिंहकै दाजु संस्थापन पक्षबाट सभापति पदका उम्मेदवार सुरेन्द्र प्रसाद सिंहले चुनाव हार्ने भएपछि अनावश्यक बखेडा झिकेर अधिवेशन स्थगित गराएको आरोप लगाए ।

इतर पक्षका उम्मेदवार रायले एकातिर निर्वाचन सम्बन्धि अचार संहितामा आइतवार सहमति गर्ने तर हार्ने सुनिश्चित देखे पछि अचार संहिता विपरीत कार्यहरु गरेर पैसाको बलले २ सय जना प्रतिनिधिहरुको प्रमाण पत्रहरु लिएर एक जनाले मत हाल्ने, मत पत्र संकेत गर्ने स्थानमा मोवाइल लग्ने पाउने आदिको बखेरा झिकेको कारण सर्लाही अधिवेशन स्थगित भएको आरोप लगाए ।

वर्तमान सभापति राय, मन्त्री सिंह र मन्त्रीका दाजुले आइतवार आफ्नो नजिकको नातेदारले मतदान अधिकृतको रोहवरमा मत संकेत गर्ने, मोवाइल कुनै पक्षले लान नपाउने मत संकेतको बेला, निर्वाचन कार्यालयले तोकिएको निर्वाचन क्षेत्र भित्र पदाधिकारी उम्मेदवार र दुबै सभापतिको एक एक जना प्रतिनिधिमा मन्त्री बिरेन्द्र प्रसाद सिंह, कौशल किशोर राय लाई मात्र प्रवेश दिने लगायत ८ वुँदे आचार संहिता बनाएर चुनाव हार्ने सुनिश्च भएपछि विबाद गरेर अधिवेशन स्थगित गराउने खेल भएको पुर्व सांसद तथा नेपाली कांग्रसका नेता हरेश महतोले बताए ।

यसैगरी नेपाली कांग्रेस क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. अमरेश सिंहका अनुसार इतर पक्षको संख्या देखेर संस्थापन पक्षका उम्मेदवार सुरेन्द्र सिंह डराएर विवाद गरी अधिवेशन स्थगित गराएको आरोप लगाए । यो लडाई एउटा सजन र भोट किनि दिने पैसावाला ठेक्केदार सँग भएको छ । सजन उम्मेदवार जित्ने भएपछि मन्त्री सिंह, वर्तमान सभापति र मन्त्रीका दाजुले अनावश्यक रुपमा बबाल गरी अधिवेशन स्थगित गराएको डा. सिंहले आरोप लगाउनुभयो । पैसाको बलमा संस्थापन पक्ष चुनाव जित्ने प्रयास गरेको हुदाँ त्यो प्रयास कहिले सम्भव नहुने डा.सिंहको दावि रहेको छ । इतर पक्षका कार्यकर्ताहरुले अधिवेशन स्थगित गराएको भन्दै वर्तमान सभापति नागेन्द्र रायको केहि बेर मुर्दावादको नारा लगाएका थिए ।

सर्लाहीमा जिल्ला सभापतिमा संस्थापन पक्षबाट सुरेन्द्र प्रसाद सिंह तथा संस्थापन ईतरबाट पूर्व जिल्ला सभापति लक्ष्मण रायले उम्मेद्वारी दर्ता गराएका थिए। उपसभापतिमा संस्थापन पक्षबाट दुईजना शेख सदहदुल्ला र डा. सरोज कुमार (राजु)को उम्मेद्वारी परेको थियो भने संस्थापन ईतरबाट नविन अधिकारी र रविनन्दन् चौधरी (पप्पु)को उम्मेद्वारी परेको थियो । त्यस्तै सचिवमा संस्थापन पक्षबाट निरज कार्की र मनोज यादव तथा संस्थापन ईतरबाट नरेन्द्र भट्टराई र कृष्ण राज रायमाझीको उम्मेद्वारी परेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.