९ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
हरिपुर्वाका शिक्षक बसे धर्नामा, यस्तै अवस्था रहीरहे आफू पनि धर्नामै बस्ने मेयर साहको भनाई – Nigrani Today
Uncategorized

हरिपुर्वाका शिक्षक बसे धर्नामा, यस्तै अवस्था रहीरहे आफू पनि धर्नामै बस्ने मेयर साहको भनाई

सोम दियाली

सर्लाही मंसीर ७ गते ।। तलब नपाएको भन्दै सर्लाहीको हरिपुर्वा नगरपालिकाका शिक्षकहरु विद्यालय नै बन्द गरेर धर्नामा बसेका छन् । गत साउन देखि नै तलब नपाएको भन्दै उनीहरुले बुधबारबाट विद्यालय नै बन्द गरेर नगरपालिका कार्यालयमा दैनिक तीन घण्टा धर्ना दिएको धर्नामा बसेका शिक्षकहरुले बताउनु भएको छ । उहाँहरुले सात दिन भित्र आफूहरुको माग पुरा नभए थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिनु भएको छ । ‘अहिले पहिलो चरणमा हामीले दैनिक तीन घण्टा(विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म धर्ना दिएका छौं । हाम्रो माग पूरा नभए थप विरोधका कार्यक्रम सार्वजिनक गर्छौं ।

’, धर्नामा बसेका शिक्षकहरुले भने । ‘हाम्रो माग धेरै ठुलो छैन । हामीले समयमा तलब पाउनु प¥यो । तलब पाउने वित्तिकै हाम्रो सबै समस्या समाधान हुन्छ ।’ धर्नामा बसेका शिक्षक रमेश कुमार यादवले भन्नुभयो । उहाँले सकेसम्म मासिक रुपमा तलब पाउने व्यवस्था होस् भन्ने चाहना समेत व्यक्त गर्नुभयो । उहाँले माग पूरा नभए आन्दोलनका अन्य कार्यक्रम तय गरिने बताउनुभयो । ‘हामीले तलब पाउनकै लागि गत वर्ष पनि यसरी आन्दोलन गर्नुपरेको थियो । अहिले पनि अवस्था यस्तै छ ।

यदि हाम्रो माग पूरा भएन भने हामी थप लान्दोलन गर्छौं ।’ समयमै तलब नपाएपछि साह्रै चित्त दुखेको र बाध्य भएर धर्नामा बस्नुपरेको गरीब केश्वर जनता माविका प्रधानाध्यापक सरोज कुमार यादवले बताउनुभयो । धर्नामा बसेका राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक राजीव महतोले त तलब नपाउँदा घर व्यवहार चलाउन नै मुस्किल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब त ऐंचो पैचो र उधारो पनि पाउन मुस्किल भईसक्यो । पसलबालाले उधारो पैसा मागेर हैरान गरिसके ।

हुनेले त जसोतसो चलाउलान तलबकै भरमा घर चलाउने हामी शिक्षकहरुलाई त मुस्लिक नै भईसक्यो ।’ चाडवाड अगाडि नै आफूहरुले तलब पाउनु पर्ने माग राख्दै असोज १७ गते नै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको भएपनि तलब नपाएको राष्ट्रिय आधाभूत विद्यालयका प्रधानाध्यापक हरिनारायण कुशवाहाले बताउनुभयो । उहाँले नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नआएको र नगरसभा भई नसकेको कारण आफूहरुले तलब नपाएको जानकारी आफूले पाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाकिम आएपछि, नगरसभा भएपछि तपाईहरुको तलब निकासा हुन्छ भन्ने जवाफ पाएका छौं ।

’ त्यस्तै शिक्षकहरुको समस्या समाधानका लागि मेयरले नै भूमिका खेल्नु पर्ने शिक्षक महासंघ हरिपुर्वाका अध्यक्ष रामलाल रायको धारणा छ । उहाँले भन्नुभयो, ‘ शिक्षकहरुले तलब नपाउने समस्या सधैंका लागि अन्त्य हुनुपर्छ । यसमा मेयरले भूमिका खेल्नु पर्छ । सबैलाई मिलाएर लैजाने, समयमा नगरसभा गर्ने गराउने काम मेयरको हो । हामी त पढाउने मान्छे । हामीले पढाएपछि तलब पाउनु पर्छ ।’ यता नगर शिक्षा शाखाका प्रमुख जनक काफ्लेले नगरपालिकाको परिषद नभएको कारण कुनै पनि आर्थिक कारोबार नहुने हुँदा शिक्षकहरुसहित सबै कर्मचारीहरुले तलब पाउन नसकेको बताउनुभयो । ‘सबैलाई थाहा भएकै कुरा हो ।

परिषद हुन नसक्दा आर्थिक कारोबार ठप्प छ । हामीले पटक पटक प्रयास पनि गरेका छौं । मेयरसाप पनि लागि रहनुभएको छ । सबै जनप्रतिनिधि र हामी पनि निरन्तर प्रयासमा छौं । तर पनि सफल हुन सकेको छैन ।’ शिक्षा शाखा प्रमुख काफ्लेले भन्नुभयो, ‘नगर सभा हुने वित्तिकै उहाँहरुसहित सबैले रोकिएको तलब पाउनुहुन्छ । त्यसैले उहाँहरु आफ्नो काममा फर्किका नै राम्रो हुन्छ ।’ त्यस्तै शिक्षक र कर्मचारीहरुले समयमै तलब पाउने स्थिति बन्न नसक्दा आफू निकै दुखि भएको मेयर विनोद कुमार साहले बताउनुभयो । ‘मलाई निकै दुःख लागेको छ ।

शिक्षक साथीहरुले मात्रै होईन यहाँका अन्य कर्मचारीहरुले पनि तलब पाउनुभएको छैन । त्यस्तै जेष्ठ नागरीक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, बालबालिकाहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउन सक्नु भएको छैन ।’, मेयर साहले भन्नुभयो । उहाँले प्रमुख प्रशासकीय अधिकृत नभएकै कारण अहिलेसम्म नगरसभा नभएको र नगरसभा गर्न नसकेकै कारण यावत समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, भन्दा पनि लाज लाग्ने कुरा छ ।

अहिले नगरपालिकासँग जाबो एउटा कागज किन्ने पनि पैसा छैन । वडा कार्यालयहरु छिट्टै बन्द हुनेबाला छन् । यो सब हाकिम नभएर र नगरसभा हुन नसकेर भएको हो ।’ प्रमुख प्रशासकीय अधिकृत ल्याएर किन नगरसभा नगरेको भन्ने प्रश्नमा मेयर साहले सामान्य प्रसाशन मन्त्रालयले हरिपुर्वामा प्रमुख प्रशासकीय अधिकृत पठाउनै नसकेको बताउनुभयो ।

उहाँले संघीय खानेपानी मन्त्री महेन्द्र राय यादवकै कारण हरिपुर्वामा प्रमुख प्रशासकीय अधिकृत हाजिर हुने फर्किने गरेको र तमाम समस्या सिर्जना भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘मन्त्रीजी कै कारण यो सब भएको हो । हामीले पटक पटक प्रमुख प्रशासकीय अधिकृत लिएर आउँछौं, तर मन्त्रीजीले हाजिर हुन नपाउँदै त कहिले हाजिर भएको एक घण्टामा कहिले २४ घण्टामै फिर्ता गराई दिनु हुन्छ ।

’ उहाँ अगाडि भन्नुहुन्छ, ‘उहाँ तीस वर्षदेखि लगातार सांसद बन्नुभएको छ । पटक पटक मन्त्री पनि भईसक्नु भएको छ । तर उहाँले आफ्नो क्षेत्रमा कति काम गर्नुभयो ? के के गर्नुभयो देखाउन सक्नुहुन्छ ? अहिले म मेयर भएको छु । जनताले विकास चाहेका छन् । म जनताको विकासको चाहाना पूरा गर्न खोज्छु भने उहाँ अवरोध गर्नुहुन्छ ।

किनकी मैले विकास गरेपछि त उहाँको कर्तुतहरु बाहिर आउँछन् त्यसैले पनि उहाँले अवरोध गरिरहनु भएको छ ।’ उहाँले यस्तै अवस्था रहीरहे आफू पनि संघीय सरकार र मन्त्री विरुद्ध धर्नामा बस्न बाध्य हुने बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.