ताजा खबर
जेनजीको आन्दोलनमा दमन : गृहमन्त्रीले दिए राजीनामा

जेनजीको आन्दोलनमा दमन भएपछि गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिएका छन् ।
भ्रष्टाचारको विरोधसहित सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सडकमा निस्किएका जेनजीमाथि सोमबार प्रहरीले गोली चलाउँदा राजधानीको नयाँ बानेश्वर र सुनसरीमा गरी हालसम्म १९ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते छन् ।
उक्त घटनाको चौतर्फी विरोध भएपछि गृहमन्त्रीले सोमबारको मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाएको एक मन्त्रीले जानकारी दिए ।