२३ भाद्र २०८२, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
युवामाथि गोली प्रहारप्रति सांसद अमरेश सिंह आक्रोशित – Nigrani Today
ताजा खबर

युवामाथि गोली प्रहारप्रति सांसद अमरेश सिंह आक्रोशित

प्रतिनिधिसभा सदस्य अम्रेश कुमार सिंहले युवामाथि गरिएको गोली प्रहार प्रति तीव्र आक्रोश व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सरकारलाई युवाको माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्।सिंहले लेखेका छन्, “सच्याउनुपर्ने व्यवस्थाका विरुद्ध आवाज उठाउँदा, परिवर्तनको सपना बोकेर सडकमा उत्रिएका युवालाई गोली चलाएर जीवन नै खोस्ने देशमा हामी जन्मिएका छौं भन्नेमा मनदेखि पीडा हुन्छ।

यो कैस्तो विडम्बना हो?”उनले भ्रष्टाचार, अन्याय र असमानताको विरोध गर्नेहरूको आवाजलाई दमन गर्न हत्या गर्नु लज्जास्पद भएको टिप्पणी गरेका छन्। सिंहले थपे, “जनताको सुरक्षाका नाममा स्थापना गरिएको राज्य संयन्त्र नै जनतामाथि हिंस्रक बन्नु यसभन्दा ठूलो लज्जा अरू के हुन सक्छ?”सिंहका अनुसार आन्दोलनमा बगेका प्रत्येक रगतका थोपा इतिहासकै साक्षी रहनेछन्। “त्यो रगतले परिवर्तनको बीउ रोप्नेछ, र कहिल्यै हराउन नसक्ने आवाज बन्नेछ। सत्य, न्याय र परिवर्तनको लडाइँ अझ बलियो भएर अघि बढ्नेछ,” उनले भने।युवामाथि गोली प्रहारलाई राष्ट्रकै अपमानको संज्ञा दिँदै सांसद सिंहले राष्ट्रिय झण्डा बोकेका युवालाई गोली चलाइएको घटनालाई दुःखद बताउँदै सरकारलाई तुरुन्तै आत्ममन्थन र सुधारतर्फ लाग्न चेतावनी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button