१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
प्रतिबन्धित लागु औषध सहित दुई जना पक्राउ – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

प्रतिबन्धित लागु औषध सहित दुई जना पक्राउ

सर्लाही,२५ फागुन । सर्लाहीमा प्रतिबन्धित लागु औषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा कबिलासी न.पा. २ बस्ने अन्दाजी बर्ष ३० को संजय कुमार महतो र कविलासी नगरपालिका वडा नं. १ बस्ने बर्ष ५४ को अहमद अली रहेका छन ।

पक्रउ परेको महतो र अलीको साथ बाट लागु औषध.नाईट्भेट १५ पत्तामा ३०० पिस फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

हरिवन नगरपालिका वडा नं. ११ कुश्वाहा मेडिकल नजिक पुर्व पश्चिम लोक मार्गमा खटिएको चेकिङ प्रहरी टोलीले ना.१४प. ७७३० नं.को मोटरसाइकल चेक जाँच गर्ने क्रममा मोटरसाइकलको सिट मुनी कालो प्लाष्टिकमा लुकाई राखेको लागु औषध सहित महतो र अलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधब प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.