१४ चैत्र २०८०, बुधबार | Email:- [email protected] | [email protected]
विवादका कारण स्थगित भएको नेपाली कांग्रेस सर्लाहीको अधिवेशन शनिवार हुने – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

विवादका कारण स्थगित भएको नेपाली कांग्रेस सर्लाहीको अधिवेशन शनिवार हुने

सर्लाही,२५ फागुन । दुई पक्षको विवादका कारण स्थगित भएको नेपाली कांग्रेस सर्लाहीको अधिवेशन २८ गते शनिवार हुने भएको छ । आफ्नो नजिकको नातेदारले मतदान अधिकृतको रोहवरमा मत संकेत गर्ने, निर्वाचन कार्यालयले तोकिएको निर्वाचन क्षेत्र भित्र पदाधिकारी उम्मेदवार र दुबै सभापतिको एक एक जना प्रतिनिधिमा मन्त्री बिरेन्द्र प्रसाद सिंह, कौशल किशोर राय लाई मात्र प्रवेश दिने लगायत ८ वुँदे आचार संहिता बनाएको विषयमा संस्थापन पक्ष र इतर पक्ष बिच विबाद भएपछि २३ गते सोमवार तोकिएको नेपाली कांग्रेस सर्लाही जिल्ला कार्य समितिको अधिवेशन स्थगित गरिएको थियो ।

दुवै पक्षले पुन सहमती गरेपछि नेपाली कांग्रेस जिल्ला कार्य समितिको सभापति र जिल्ला कार्य समितिको पदाधिकारी सहित ९३ पदका लागि शनिवार पुन अधिवेशनको मिति तय गरिएको नेपाली कांग्रेसका नेता कौशल किशोर रायले बताउनुभयो । आज नेपाली कांग्रेस जिल्ला निर्वाचन अधिकृतको कार्यालयले सूचना निकालेर नै अधिवेशनको मिति तय गरिएको नेता रायले जानकारी दिनुभयो ।

सूचनामा अधिवेश शनिवार बिहान ८ बजे देखि बेलुका ५ बजे सम्मको लागि तय गरिएको उल्लेख छ । अधिवेशन मलंगवा नगरपालिका स्थित पब्लिक मा.विमा हुने नेपाली कांग्रेस जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सर्लाहीमा जिल्ला सभापतिमा  ईतर पक्ष बाट पूर्व जिल्ला सभापति लक्ष्मण राय तथा संस्थापन पक्षबाट सुरेन्द्र प्रसाद सिंहले उम्मेद्वारी दर्ता गराएका थिए । उपसभापतिमा संस्थापन पक्षबाट दुईजना शेख सदहदुल्ला र डा. सरोज कुमार (राजु)को उम्मेद्वारी परेको थियो भने संस्थापन ईतरबाट नविन अधिकारी र रविनन्दन् चौधरी (पप्पु)को उम्मेद्वारी परेको थियो ।

त्यस्तै सचिवमा संस्थापन पक्षबाट निरज कार्की र मनोज यादव तथा संस्थापन ईतरबाट नरेन्द्र भट्टराई र कृष्ण राज रायमाझीको उम्मेद्वारी परेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.