ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय
पूर्वमन्त्री प्रभु साहले शिलान्यास गरेको सडक एक वर्षमै कालोपत्रे
![](https://nigranitoday.com/wp-content/uploads/2022/03/pp-780x414.jpg)
गौर,२७ फागुन। रौतहटको देवाही देखि करुनिया, खेसरहिया हुँदै वीरेन्द्र राजमार्ग जोड्ने सडक शिलान्यास भएको एक वर्ष नपुग्दै कालोपत्रे भएको छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तत्कालीन शहरी विकास मन्त्री प्रभु साहले गत वर्ष चैत १५ गते उक्त सडक खण्डको शिलान्यास गरेका थिए । करीब ८ किलोमीटर लम्बाई रहेको उक्त सडकको दुई वटा प्याकेजमा निर्माण भैरहेको छ । सडकमा कालोपत्रे पिच गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
पूर्वमन्त्री साहको लोकप्रिय अभियानको रूपमा रहेको ूगाउँलाई हाइवेसंग जोड्ने योजनाू अन्तर्गत देवाहीस्थित लालबकैया पुलदेखी गौर(चपुर हाइवेको खेसरहियासम्म जोडिने उक्त सडक बिना कुनै मुआब्जा जनताको सहयोगमा निकालिएको थियो । सोही सडकखण्डमा पर्ने लकदेई नदीमा पूर्वमन्त्री साहकै पहलमा पुल समेत निर्माण भएको छ ।