१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
रामदरेश रायको अध्यक्षतामा १९ सदस्यीय कर्मचारी मिलन केन्द्र गठन – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

रामदरेश रायको अध्यक्षतामा १९ सदस्यीय कर्मचारी मिलन केन्द्र गठन

सर्लाही,२८ फागुन । सर्लाहीको लालबन्दी नगरपालिकामा कर्मचारी मिलन केन्द्र सर्लाहीको साधारणसभा सम्पन्न गरिएको छ । शनिवार साधारणसभाले रामदरेश रायका अध्यक्षतामा १९ सदस्यीय कर्मचारी मिलन केन्द्र, सर्लाहीको कार्य समिति सर्वसम्मत चयन गरिएको छ ।

समितिका विरिष्ट उपाध्यक्षमा जिल्ला समन्वय अधिकारी होमनाथ सुवेदी, उपाध्यक्षमा वन अनुसंधान निर्देशक गोपाल प्रसाद गौतम, सचिवमा निमित्त इकाइ प्रमुख सुनिल कुमार कुशवाहा, सह–सचिव नापी अधिकृत ममता कुमारी यादव, कोषाध्यक्षमा कोष तथा लेखा नियन्त्रक रामस्वार्थ महतो, सदस्यमा क्रमशः बरहथवा नगरपालिकाका प्र.अ. संजय मैनाली, जिल्ला सरकारी वकिल कार्यालयका अधिकृत रमेश पोखरेल, डि.ई. विजय रेग्मी, नापी कार्यालय, हरिवनका छत्र बहादुर लुंगेली, घरेलु तथा साना उधोग कार्यालयका प्रमुख जितेन्द्र किशोर गुप्ता, जिल्ला आयुर्वेद कार्यालयका प्रमुख डा. नन्दकिशोर कुशवाहा, उष्ण प्रदेशीय बागवानी केन्द्रका प्रमुख पदम प्रसाद अधिकारी, नेपाल विधुत प्राधिकरण, मलंगवाका ई.रञ्जय कुमार महतो, जिल्ला प्रशासन कार्यालयका प्र.अ. राजकुमार थापा, नेपाल टेलिकमका वरिष्ट ईन्जिनियर शत्रुधन कुमार यादव, नेपाल बैंक लिमिटेडका प्रमुख कमलेश कुमार यादव, श्याम मैनाली र नेपाल प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरी चयन हुनु भएको आयोजकले जनाएको छ ।

कर्मचारी मिलन केन्द्र, लालबन्दी नगरपालिकाको उष्ण प्रदेशीय बागवानी केन्द्र, नवलपुर आयोजना गरेको वनभोजसहितको साधारणसभाले नयाँ कार्य समिति चयन गरेको हो । मिलन केन्द्रका संरक्षक रहनु भएका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सिर्जनशील र रचनात्मक कार्यमा केन्द्रले योगदान गर्नु पर्ने चर्चा गर्दै नयाँ समितिलाई शुभकामना व्यक्त गर्नु भयो ।
प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले मनोरञ्जनात्मक पद गीतिलय प्रस्तुत गर्नुभएको थियो । जिल्ला समन्वय अधिकारी सुवेदीले मधुर स्वरमा गीत गाउनु भएको थियो ।

कार्यक्रममा नव गठित कार्य समितिलाई अविर, माला र गमछाले सम्मान समेत गरिएको थियो ।कार्यक्रममा केन्द्रको तर्फबाट सेवा निवृत लेखा अधिकृत शिवशंकर प्रसाद कुशवाहालाई कदर पत्र प्रदान गरिएको थियो ।

त्यसैगरी, केन्द्रका सल्लाहकार न्यायाधीश ध्रुव कुमार पिया, प्रमुख जिल्ला अधिकारी गौतम, सहसचिव विशाल घिमिरे, प्रमुख सेनानी अभिषेक कार्की, प्रहरी उपरीक्षक कृष्ण प्रसाईं, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, उप अनुसन्धान निर्देशक चन्दन कुमार झा, जिल्ला न्याधिवक्ता ऋद्रिनाथ निरौला लगायतलाई दोसल्ला, अविर र मालाले सम्मान गरिएको थियोे ।

कार्यक्रममा जिल्लास्थित सरकारी तथा अर्ध सरकारी कार्यालयका प्रमुख÷ कर्मचारीहरूको उल्लेख्य सहभागी रहेको थियो ।कार्यक्रम सञ्चालन शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका निमित्त इकाइ प्रमुख सुनिल कुशवाहाले गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.