३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जिल्ला स्तरिय समावेसी शिक्षा कार्य दलद्वारा सिकाइ परियोजनाको अनुगमन गरियो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

जिल्ला स्तरिय समावेसी शिक्षा कार्य दलद्वारा सिकाइ परियोजनाको अनुगमन गरियो

सर्लाही, २ चैत्र । सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा रहेको विभिन्न सामुदायिक विद्यालयहरुमा संचालित सिकाइ परियोजनाको जिल्ला स्तरिय समावेसी शिक्षा कार्य दलले अनुगमण गरेको छ ।

अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनल, ह्याण्डीक्याफ इन्टरनेशनल, विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र (आर.आर.पि.के.) सर्लाहीको साझेदारीमा पर्सा र हरिपुर्वाका विभिन्न सामुदायिक विद्यालयमा संचालित सिकाइ परियोजनाको मंगलवार जिल्ला स्तरिय समावेसी शिक्षा कार्य समुहद्धारा अनुगमन गरिएको राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्रका संरक्षण संयोजक नागेन्द्र प्रसाद साहले जानकारी दिनुभयो ।

अनुगमन टोलीले पर्सा गाउपालिकाकाको श्री पब्लिक मा.वि. पर्सा ५ मा विद्यालय भवन र शौचलयको अनुगमन गरेको छ भने समुदाय परिवर्तन समुह संग छलफल समेत गरेको छ ।त्यस्तै सितलपुर प्रा.वि. पर्सा १ मा विद्यालय भवन अनुगमन तथा शैक्षिक सामग्री अवलोकन र छलफल गरेको छ ।यसैगरी हरिपुर्वा नगरपालिका वाड नं. ५ मा गठित अभिवावक समुह छलफल तथा पढाइ सचेतना सत्र समेत अनुगमण टोलीले अवलोकन गरेको छ । वाड नं. ३ धनकौलमा अपङ्गता बालिका आषिका कुमारी राय र वहाँको अभिवावक संग छलफल गर्नुको साथै टोल शिक्षा अवलोकन गरेको छ ।

अनुगमन टोलीमा शिक्षा विकास तथा समन्वय इकाइका शुनिल कुशवाहा र सोभित साह, हरिपुर्वा नगरपालिका शिक्षा शाखा प्रमुख जनक काफ्ले, दलित माहाँसघका अध्यक्ष राजेश पासवान, मदरसा बोर्डको अध्यक्ष अलि हसन, भिसओको राजन कर्ण, सञ्चारकर्मी राकेश गुप्ता र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका पिंकी साह, नागेन्द्र प्रसाद शाह, आदित्य पटेल तुलाराम धमलाको सहभागिता रहेको थियो ।
अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनल, ह्याण्डीक्याफ इन्टरनेशनल, विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र (आर.आर.पि.के.) सर्लाहीको साझेदारीमा हरिपुर्वा नगरपालिका, पर्सा, चन्द्रनगर र ब्रहम्पुरी गाउँपालिकामा सञ्चालित “समावेसी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजना” अन्तर्गत विगत ३ वर्ष देखि शिक्षा, बाल संरक्षण तथा अपङ्गताको श्रेत्रमा काम गर्दै आइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.