१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
फलफुल वितरण गरेर हरिपुरमा पनि मनाईयो विश्व क्षयरोग दिवस – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

फलफुल वितरण गरेर हरिपुरमा पनि मनाईयो विश्व क्षयरोग दिवस

हरिपुर,११ चैत्र । सर्लाहीको हरिपुर नगरपालिकामा पनि फलफुल वितरण गरेर विश्व क्षयरोग दिवस मनाइएको छ । क्षयरोग मुक्त पालिका घोषणा सम्बन्धी अन्तरक्रिया गर्दैै सर्लाहीको हरिपुर नगरपालिकाले १४०औं विश्व क्षयरोग दिवस क्षयरोग मुक्त भएका ८ जनालाई फलफुल वितरण गरेर मनाइएको छ ।

क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ नगर स्वास्थ्य शाखाले कार्यक्रमको आयोजना गरेको हो ।मेयर जमरुद्धीन मन्सुरको अध्यक्षता तथा मधेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक विजय कुमार झाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नगरपालिकाकै सभाहलमा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी झाले हरिपुरलाई क्षयरोग मुक्त पालिका बनाउन स्वास्थ्य निर्देशनालयबाट हुने सम्पूर्ण सहयोग गर्ने बताउनुभयो ।

उहाँले मधेश प्रदेशसहित नेपालबाटै क्षयरोग अन्त्यका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले क्षयरोगको भयावह अवस्थाका विषयमा जानकारी दिनुहुँदै क्षरोग अन्त्यका लागि नगरपालिका र सरोकारवालाहरुले खेल्नु पर्ने भूमिकाका विषयमा समेत धारणा राख्नु भयो । उहाँले हालसम्म क्षयरोग उन्मूलनका लागि भएका विश्वव्यापी प्रयास र नेपालले क्षयरोग नियन्त्रणका लागि लिएको रणीनीतिका विषयमा समेत जानकारी दिनुभयो ।

हरिपुर नगर स्वास्थ्य शाखाका प्रमुख नरेश कुमार ठाकुरले सञ्चालन गर्नुभएको कार्यक्रममा मेयर जमरुद्धीन मन्सुर, प्रमुख प्रशासकीय अधिकृत राजकुमार दास लगायतले बोल्नु भएको थियो । कार्यक्रममा हरिपुरका विभिन्न वडाका वडाअध्यक्ष तथा सदस्यहरु, नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मीहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योगी व्यवसायी, सुरक्षाकर्मी, पत्रकार र स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वास्थ्यकर्मीहरुले क्षयरोगका बारेमा जानकारी गराउनुभएको थियो भने हरिपुर नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा गर्ने विषयमा अन्तरक्रिया समेत गरिएको थियो । सो अवसरमा क्षयरोग मुक्त भएका विरामीहरुलाई फलफुल समेत वितरण गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.