१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
कांग्रेस नेता साहको पहलमा माओवादीबाट निर्वाचित वडा सदस्य यादव कांग्रेसमा प्रवेश – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

कांग्रेस नेता साहको पहलमा माओवादीबाट निर्वाचित वडा सदस्य यादव कांग्रेसमा प्रवेश

सर्लाही,११ चैत्र । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं १ किशनपुरमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्यसहित सयौं कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित सोनेलाल साहको पहलमा माओवादी पार्टीबाट चन्द्रनगर १ मा निर्वाचित वडा सदस्य युगलकिशोर प्रसाद यादव शुक्रबार नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको नेपाली कांग्रेस वडा समितिले जनाएको छ ।

१ नम्बर वडा समितिको आयोजना तथा वडा सभापति ईसा मंसुरको अध्यक्षता सम्पन्न पार्टी प्रवेश कार्यक्रममा वडा सदस्य यादवसहित १ सय २५ जना माओवादी केन्द्र, लोसपा, जसपा लगायतका विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।अन्य पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेकौ सम्पुर्ण व्यक्तिलाई कांग्रेसको सदस्यता कार्ड दिदै कार्यक्रमका अतिथिले कांग्रेसमा भित्रयाएको नवप्रवेशी शंकर ठाकुरले जानकारी दिनुभयो ।

पार्टी प्रवेश कार्यक्रममा पुर्व जिल्ला सभापति लक्षमण राय, क्षेत्रिय सभापति हरि बहादुर लुंगेली, महाधिवेशन प्रतिनिधिहरु जयहरी श्रेष्ठ, दिनेश मिश्रा, प्रमोद कुमार बराल, योगराज देवकोटा, उधोग वाणिज्य संघ ईश्वरपुरका अध्यक्ष मनोज साह, नेपाली कांग्रेस ईश्वरपुरका नगर सभापति बेचु प्रसाद तिमल्सिना, पुर्वमहाधिवेशन प्रतिनिधि विकाउ मंसुर, प्रदेश महाधिवेशन प्रतिनिधि महेन्द्र महतो, बन्तीलाल महरा, राशनारायण चौधरी, नेताहरू रामईश्वर महतो, बेचन महतो, राजेश राय,बिरेन्द्र महतो लगायतका नेताहरुको उपस्थिति रहेको अर्का नवप्रवेशी रामानन्द रायले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.