१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
गरिब ,दलित ,टुहुरा तथा अपांग बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

गरिब ,दलित ,टुहुरा तथा अपांग बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

सर्लाही,१२ चैत्र। सर्लाहीको कविलासी नगरपालिकामा गरिब ,दलित ,टुहुरा तथा अपांग बालबालिकाहरुलाइ शैक्षिक सामग्री वितरण गरिएको छ। शनिवार बाल कल्याण समाज (CWS) सर्लाहीले कविलासी नगरपालिका का विभिन्न सामुदायिक विद्यालयमा अध्यनरत २० जना गरिब ,दलित ,टुहुरा तथा अपांग बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरको हो।

श्री जनता अधारभुत विद्यालय कविलासीको सभा हलमा एक कार्यक्रम गरि शैक्षिक सामग्री बितरण गरिएको छ।
संस्थाका अध्यक्ष सुन्दर श्याम राय (श्याम जी यादव ) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा २० जनालाई जनही १२ थान अभ्यास पुस्तक , १२ थान बल पेन, १ थान औजार बक्स, १ थान कलर पेन्सिल र १ थान पिक्चर डिक्सनरी बितरण गरिएको थियो।

कविलासी वडा नं ९ सलेमपुर निवासी समाजसेवी जगनाथ रायको आर्थिक सहयोगमा उक्त शैक्षिक सामग्री वितरण गरिएको बाल कल्याण समाजले जनाएको छ।आयोजक संस्थाका अध्यक्ष यादवले कार्यक्रमको सहयोगी एवं प्रमुख अतिथि जगनाथ रायलाई गमछा ओढाइ सम्मान पत्र सहित सम्मान गर्नुभएको थियो।

कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका सर्लाही जिल्ला अध्यक्ष राजेश पासवान, कविलासी न पा वाडा न ८ का वाडाध्यक्ष बिरेन्द्र प्रसाद सह,विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोगारथ पासवान प्र अ भग्यनाराय्ण झा,बिद्यालयका शिक्षक प्रतिनिधि ,बुद्धिजीवी , समाजसेवी तथा अधिकारकर्मीहरु अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.