१४ चैत्र २०८०, बुधबार | Email:- [email protected] | [email protected]
झडमा परी संघिय सांसद साह गम्भिर घाइते,पलेन बाट थप उपचारको लागि काठमाडौं लगियो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

झडमा परी संघिय सांसद साह गम्भिर घाइते,पलेन बाट थप उपचारको लागि काठमाडौं लगियो

सर्लाही,१२ चैत्र । सर्लाहीको ईश्वरपुर नगरपालिकामा झडपमा परी प्रतिनिधि सभा सदस्य प्रमोद साह गम्भिर घाइते भएका छन । ईश्वरपुर नगरपालिकामा रहेको फुलजोर बाबा युवा क्लबको घरको विषयमा भएको झडपमा संघीय सांसद प्रमोद साहको टाउकोमा गहिरो चोट लागेको छ । सांसद साहको अमृत हेल्थ केयर बयलवासमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागि लागि प्लेन बाट काठमाडौं लगिएको जसपाका नेता नन्नदलाल रायले जानकारी दिनुभयो । शनिबार वडा नं.६ स्थित झडपको क्रममा दुईपक्षका स्थानीयबीच ढुंगामुडा भएको थियो । भिडमा सांसद साह भएको हुदाँ पछाडी बाट पलामको रडले हान्दा साह गम्भिर घाइते भएको जसपा नेता यादवले बताउनुभयो ।

उधोग बाणिज्य संघ ईश्वरपुरका अध्यक्ष मनोज साहका अनुसार सांसद साहको अवस्था चिन्ताजनक रहेको बताउनुभयो । रडले हानेको हुदाँ टाउकोको आधा भाग काटिएको छ , सांसद साहको थप उपचारको लागि काठमाडौं लगिएको अध्यक्ष साहले बताउनुभयो । बिवाद मिलि सकेको थियो, तर नगर प्रमुख मनोज देवकोटाले बिवाद उत्कर्षमा पुगाएको हुदाँ यस्तो घटना भएको साहको भनाई छ ।यसैगरी सांसद साहको अंगरक्षक पनि घाईते भएको र अंगरक्षकको हतियार र ७ राउन्ड गोली पनि खोसिएको छ ।घटना बारे थप जानकारी लिन नगर प्रमुख देवकोटालाई सम्पर्क गर्दा फोन उठाउनु भएन ।
यसैगरी झडपकै क्रममा तीन वटा मोटरसाइकलमा आगजानी समेत गरिएको छ ।

ईश्वरपुर नगरपालिका स्थित रहेको बयलवास बजारमा केहि महिना पहिला सडक बिस्तारको लागि घरहरु भत्काइएको थियो । सो समयमा नि झडप भएको थियो । वयलवासमा रहेको फुलजोर बाबा युवा क्लबको जग्गाको विषयमा केही दिन यता स्थानीय युवाहरूबीच विवाद बढ्दै गएको थियो । विवाद उत्कर्षमा पुगेको अवस्थामा सांसद साह घटनास्थल पुगे लगत्तै झडप भएको इलाका प्रहरी कार्यलय केश्वरगंजले जनाएको हो । उक्त क्लबको भवन बाटोमा परेको भन्दै केही समय पहिले आधा भत्काइएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.