१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सांसद साह प्रति भएको हमलाको बिरोधमा बयलवासमा प्रदर्शन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सांसद साह प्रति भएको हमलाको बिरोधमा बयलवासमा प्रदर्शन

सर्लाही,१४ चैत्र । सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित बयलवासमा जन्ता समाजवादी पार्टी नेपालले प्रदर्शन गरेको छ । फुलजोर बाबा युवा क्लबको जग्गाको विषयमा विबादलाई क्षेत्र नं. १ बाट निर्वाचित संघिय सांसद उपर संघातिक हमला भएको भन्दै जन्ता समाजवादी पार्टीले दोषिलाई कार्वाहीको माग गदै बिरोध प्रदर्शन गरेको जन्ता समाजवादी पार्टी नेपाल सर्लाहीका अध्यक्ष बिरेन्द्र कुमार रायले जानकारी दिनुभयो ।

बिरोध प्रदर्शनमा पुलिस प्रशासन मुर्दावादको नारा समेत लगाइएको थियो । घटनाको बिरोधमा शनिवार जन्ता समाजवादी पार्टीले सर्लाही सदरमुकामा मलंगवामा दोषिलाई कार्वाहीको माग गर्दै प्रदर्शन गरेको थियो ।

बिरोध कार्यक्रममा जन्ता समाजवादी पार्टी नेपाल बाट निर्वाचित प्रदेश सभा सदस्य अशोक आदव, संजय यादव, संघिय सांसद रुहिनाज मिकरानी, संविधान सभा सदस्य किरण देवी यादव, जिल्ला समन्व समितिका सभापति मेथुर चौधरी लगायत जिल्ला भरीका २ हजार कार्यकर्ताको उपस्थिति रहेको जन्ता समाजवादी पार्टी नेपालका नेता नन्दलाल रायले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.