१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
पोलमा मोटरसाईकल ठोक्किँदा सर्लाहीमा दुई जनाको मृत्यु – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

पोलमा मोटरसाईकल ठोक्किँदा सर्लाहीमा दुई जनाको मृत्यु

सर्लाही,१४ चैत्र । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मलंगवा नगरपालिका वडा नं. ३ बस्ने बर्ष २७ को तौखिन मिकरानी र बर्ष २६ को मकबुल लहेरी रहेको छ ।

सोमवार कबिलासी नगरपालिका वडा नं. १० सलेमपुरमा प्रदेश–२–०३–०१८ प ९६८३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई सडक छेउको विद्युत पोलमा ठोक्किँदा मोटरसाईकल चालक मिकरानी र मोटरसाइकलको पछाडी सवार लहेरी गम्भिर घाइते भएका थिए ।

घाइते मिकरानीको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा ज्यान गएको छ भने लहेरीको थप उपचारको लागि बिरगंज लादैं गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपी माधव प्रसाद बुधाथोकीले जानकारी दिए ।

मृत्क मिकरानीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ भने लहेरीको शव अहिले बिरगंज तिर नै रहेको डिएसपी बुधाथोकीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.