१ जेष्ठ २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा ४ लाख ७४ हजार ४३९ जना मतदाता, कुन पालिकामा कति (सूची सहित) – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा ४ लाख ७४ हजार ४३९ जना मतदाता, कुन पालिकामा कति (सूची सहित)

सर्लाही, १५ चैत्र । सर्लाहीमा मदताताको संख्या ४ लाख ७४ हजार ४३९ जना पुगेको छ । जसमध्ये पुरुष मतदाताः २ लाख ५७ हजार १३८ जना र महिला मतदाताः २ लाख १७ हजार २९२ जना रहेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकृत दिवाकर भुजेलले जानकारी दिनुभयो । यसैगरी पुरुष महिला बाहेक अन्यः ९ जना मतदाता समेत रहेको निर्वाचन अधिकृत भुजेलले जानकारी दिनुभयो । यसैगरी सर्लाहीको २० वटै पालिका गरी जम्मा मतदान स्थल संख्याः ३१८ र जम्मा मतदान केन्द्र संख्याः ५९९ रहेको निर्वाचन अधिकृत भुजेलले बताउनुभयो । २० वटै पालिकाहरु मध्ये सबैभन्दा बढि बरहथवा नगरपालिकामा मतदाताको संख्या रहेको छ भने सबैभन्दा कम पर्सा गाउँपालिकाको रहेको छ । बरहथवा नगरपालिकामा ४३ हजार २ सय २ र पर्सा गाउँपालिकामा १२ हजार ५ सय २७ मतदाताको संख्या रहेको छ ।

यैसैगरी ईश्वरपुर नगरपालिकामा ३७ हजार ८ सय ८३, कविलासी नगरपालिका २५ हजार ४ सय ९, कौडैना गाउँपालिकामा १६ हजार ४ सय ८९, गोडैता नगरपालिकामा २८ हजार १ सय ५७, चक्रघटा गाउँपालिकामा १७ हजार १ सय ६३, चन्द्रनगर गाउँपालिकामा १८ हजार ९ सय ९०, धनकौल गाउँपालिकामा १३ हजार ७ सय ३०, बलरा नगरपालिकामा २३ हजार ४ सय ५२, बसवरीया गाउँपालिकामा १४ हजार ४ सय ४१, बागमती नगरपालिकामा ३१ हजार ६ सय २, ब्रह्म्पुरी गाउँपालिकामा १७ हजार ९ सय ६४, मलंगवा नगरपालिकामा २८ हजार ९ सय ९२ मतदाताको संख्या रहेको छ ।

त्यस्तै रामनगर गाउँपालिकामा १५ हजार ७ सय ९९, लालबन्दी नगरपालिकामा ३९ हजार ७ सय २७, विष्णु गाउँपालिकामा १४ हजार ७ सय २३, हरिपुर नगरपालिकामा २२ हजार ८ सय २२, हरिपुर्वा नगरपालिकामा, १९ हजार ९ सय २० र हरिवन नगरपालिकामा ३१ हजार ४ सय ४७ मतदाताको संख्या रहेको निर्वाचन अधिकृत भुजेलले बताउनुभयो ।

यसैगरी मतदान स्थल तथा मतदान केन्द्रहरु ईश्वरपपुर नगरपालिकामा मतदान स्थल २५ मतदान केन्द्र ४६, कविलासी नगरपालिकामा मतदान स्थल१९ मतदान केन्द्र ३३, कौडेना गाउँपालिकामा मतदान स्थल११ मतदान केन्द्र १९, गोडैता नगरपालिकामा मतदान स्थल २० मतदान केन्द्र ३६, चक्रघटा गाउँपालिकामा मतदान स्थल १२ मतदान केन्द्र २२, चन्द्रनगर गाउँपालिकामा मतदान स्थल१२ मतदान केन्द्र २३, धनकौल गाउँपालिकामा मतदान स्थल१० मतदान केन्द्र १८, पर्सा गाउँपालिकामा मतदान स्थल ९ मतदान केन्द्र १६, बरहथवा नगरपालिकामा मतदान स्थल२५ मतदान केन्द्र ५२, बलरा नगरपालिकामा मतदान स्थल२३ मतदान केन्द्र ३२, बसवरीया गाउँपालिकामा मतदान स्थल १० मतदान केन्द्र २०, बागमती नगरपालिकामा मतदान स्थल १७ मतदान केन्द्र ३७, ब्रह्म्पुरी गाउँपालिकामा मतदान स्थल ११ मतदान केन्द्र २४, मलंगवा नगरपालिकामा मतदान स्थल १९ मतदान केन्द्र ३५, रामनगर गाउँपालिकामा मतदान स्थल १२ मतदान केन्द्र २३, लालबन्दी नगरपालिकामा मतदान स्थल २७ मतदान केन्द्र ५०, विष्णु गाउँपालिकामा मतदान स्थल ११ मतदान केन्द्र १९, हरिपुर नगरपालिकामा मतदान स्थल १४ मतदान केन्द्र २८, हरिपुर्वा नगरपालिकामा मतदान स्थल १३ मतदान केन्द्र २६ र हरिवन नगरपालिकामा मतदान स्थल १८ मतदान केन्द्र ४० रहेको निर्वाचन अधिकृत भुजेलले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.