१६ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
एसपी प्रसाईंलाई कर्मचारी मिलन केन्द्रले गर्यो विदाई – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

एसपी प्रसाईंलाई कर्मचारी मिलन केन्द्रले गर्यो विदाई

सर्लाही,१७चैत्र । जिल्ला प्रहरी कार्यालय, सर्लाहीको ५ महिने छोटो अवधि नेतृत्व सम्हालेका एसपी कृष्ण प्रसाईंलाई सर्लाही बाट बिदाई गरिएको छ।कर्मचारी मिलन केन्द्रले शुभकामना तथा फेरी भेटौला कार्यक्रम गरि एसपी प्रसाईलाई आज बिदाई गरको हो ।

राष्ट्रसेवक कर्मचारीहरूको तर्फबाट कर्मचारी मिलन केन्द्र, सर्लाहीले एसपी प्रसाईंको राष्ट्रसेवक कर्मचारी प्रतिको दृष्टिकोण, समाजमा विधमान विकृति विसंगति न्यूनीकरण गर्दै शान्ति र सुशासन कायम गर्ने अठोट, कर्मचारी मिलन केन्द्रसँगको सकारात्मक र रचनात्मक हातेमालो, प्रहरी संगठन प्रतिको आस्था, प्रहरी कर्मचारी प्रतिको माया ममता प्रति आभार व्यक्त गर्दै आगामी कार्यकालको सफलताका साथै सुखद् व्यवसायीक तथा व्यक्तिगत जीवनको कामना सहित शुभकामना तथा फेरी भेटौला कार्यक्रम गरिएको मिलन केन्द्रका सचिव सुनिल कुशवाहाले जानकारी दिनुभयो ।

कार्यक्रममा एसपी प्रसाईंले आफ्नो कार्यकालमा आवश्यक सहयोग गर्ने जिल्ला सुरक्षा समिति, प्रहरी, राष्ट्रसेवक कर्मचारी, मिलन केन्द्र परिवार, संचारकर्मी, सरोकारवाला, सर्लाहीवासी सबैप्रति आभार व्यक्त गर्नु भएको छ । कार्यक्रममा प्रजिअ थानेश्वर गौतम, प्रमुख सेनानी अभिषेक कार्की, सप्रउ भरत खनियाँ, उपअनि चन्दन कुमार झा, केन्द्रका सचिव सुनिल कुशवाहा, सदस्य प्रअ राज कुमार थापा, सदस्य डा. नन्दकिशोर कुशवाहा, सदस्य ई.शत्रुधन कुमार यादव, सदस्य ई. रञ्जय कुमार महतो, चन्द्रकान्त झा, मुकेश कुमार यादव, विश्वनाथ यादव, अनिल कुमार साह लगायतको उपस्थिति रहेको थियोे । एसपी प्रसाई प्रहरी प्रधान कार्यालयमा सरूवा हुनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.