१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
विश्व स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गर्दै सर्लाहीमा पनि मनाइयो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

विश्व स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गर्दै सर्लाहीमा पनि मनाइयो

प्रेमनाथ पौडेल
हरिवन,२५ चैत्र। हरेक बर्ष को अप्रील ७ तारिख को दिनमा विश्व ले मनाउदै आएको विश्व स्वास्थ्य दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । विश्व स्वास्थ्य दिवस सर्लाहीको हरिवन सहित विभिन्न स्थानिय निकाय का स्वास्थ्य शाखा हरु ले विभिन्न कार्यक्रम गरि दिवस मनाएका छन ।

यसै बिच हरिवन नगरपालिका ले आफ्नै नगर को प्राङ्गण मा अन्तरक्रिया कार्यक्रम गरि दिवस मनाएका हुन।
हरिवन नगरपालिका का स्वास्थ्य समिती संयोजक एवम वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञबिनोद ढुङ्गेल को विशेष आतिथ्यता मा भएको कार्यक्रम मा नगर पालिका ले स्वास्थ्य क्षेत्रमा पुर्याएको सेवा सुबिधा ले नगर को नाम प्रदेश मै उत्कृष्ट दस मा राख्न सफल भएको प्रती खुलेर बक्ता हरु ले प्रशंसा गरेका थिए ।

जसरी कोभिड लगायत को र खोजौ र घोपै भन्ने नारा का साथ कोभिड को खोप कार्यक्रम ९८ प्रतिशत प्रगती हासिल गर्न र हरेक स्वास्थ्य सुबिधा गुणस्तरिय र प्रभावकारी रुप मा प्रदान गर्न सफल भएको छ त्यसै गरि अब नगर पालिका लाई क्षयरोग मुक्त नगरपालिका बनाई प्रदेश कै पहिलो क्षयरोग मुक्त नगरपालिका बनाउने कार्यक्रम का बक्ता तथा स्वास्थ्यकर्मी हरु ले प्रतिबद्धता जनाएका छन ।

नगरपालिका लाई क्षयरोग मुक्त नगरबनाउन को लागि बागमती सेवा समाज ,सेफ द चिल्ड्रेन लगायत संस्था र नगरपालिका को सहकार्य मा कार्यक्रम लाई सफल तुल्याउन केही दिन पहिले सरोकार संघ संस्था निकाय प्रतिनिधि का बिच रयाली छलफल अन्तरक्रिया गर्दै आएको नगर स्वास्थ्री सह संयोजक रामबाबु चौधरी ले बताउनु भयो ।

यस्तै रोगी को खोजी पहिचान र उचित उपचार को लागि स्वास्थ्यकर्मी अनमि लगायत लाई आधारभुत तालिम समेत प्रदान गरि खोजी र उपचार कार्य लाई अगाडि बढाउने काम भै सकेको नगर स्वास्थ्य तथा सामाजिक बिकाश शाखा हरिवन ले जनाएको छ ।

हाल क्षयरोग बाट देश मा प्रत्येक बर्ष ६९हजार मा रोग संक्रमण हुने गरेको भए पनि करिब ४६प्रतिशत मात्रै उपचार को दायरा मा आउने गरेको हुदा सामाजिक संकुचित बिचार धारणा का कारण अझै पनि हरिवन मा १२८जना रोगी हुनुपर्ने मा ७३ जना अर्थात ६० प्रतिशत मात्रै रोगी हरु स्वास्थ्य संस्था र उपचार को दायारा भन्दा बाहिर रहेको र नगर लाई रोग मुक्त नगर निर्माण गर्न नगर स्वास्थ्य शाखा र नगरपालिका को मात्रै प्रयास ले नतिजा सफल हात पार्न नसक्ने हुदा सबै को साथ सहयोग को खाचो रहेको बताईएको थियो ।

राष्ट्र लाई सन २०३५को अन्त सम्ममा प्रत्येक १०लाख मा १०जनाभन्दा कम र सन २०५०सम्म प्रति१०लाख मा १जना भन्दा कम मा झार्ने लक्ष्य नेपाल सरकार को अनुसार देश का २२र मधेश प्रदेश को लक्ष्मीनिया ,हरिवन र निजगढ लाई नगरपालिका लाई छनौट गरि पहिलो चरण मा रोगमुक्त गर्ने कार्यक्रम संचालन मा ल्याएको हो ।

यसै बिच हरिपुर नगरपालिका ले पनि आफ्नै स्रोत साधन परिचालन गरि नगर लाई क्षयरोग मुक्त नगर बनाउने लक्ष्य का साथ जुटेको हरिपुर नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत राजकुमार दास ले बताउनु भयो ।

कार्यक्रम विभिन्न सघसंस्था राजनितिक दल का प्रमुख प्रतिनिधि स्वास्थ्यकर्मी ,विद्यार्थी ,रेडक्रस सोसाइटि का बालबालिका ,महिला स्वास्थ्यस्वयम सेबिका पत्रकार लगायत ब्यक्तित्व हरु को सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.