१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगर र हरिपुर्वामा विद्यालय भवन र शौचालय हस्तान्तरण गरियो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

चन्द्रनगर र हरिपुर्वामा विद्यालय भवन र शौचालय हस्तान्तरण गरियो

सर्लाही,२५ चैत्र। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा तीनवटा विद्यालयमा निर्मित विद्यालय भवन र बालमैत्री तथा अपाङ्गता मैत्री शौचालय हस्तान्तरण गरिएको छ भने हरिपुर्वा नगरपालिकामा पनि विद्यालय भवन हस्तान्तरण हस्तान्तरण गरिएको छ।

चन्द्रनगर गाउँपालिका वडा नं.१ स्थित श्री प्राथमिक विद्यालय लघुवामा ३६ लाख ८५ हजार ९४८ रुपैंयाको लागतमा दुईकोठे आर.सी.सी.विद्यालय भवन ,श्री जनता मा. वि किशनपुरमा १४ लाख ५ हजार ८५४ रुपैंयाको लागतमा र वडा नं. ४ स्थित श्री ठगा प्राण बिहारी प्रा.वि पोखरियामा १४ लाख ६० हजार ९३२ रुपैंयाको लागतमा बालमैत्री, लैङ्गिक तथा अपाङ्गतामैत्री पक्की शौचालय भवन हस्तान्तरण गरिएको हो ।

यसैगरी हरिपुर्वा नगरपालिका वडा नं.३ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय, धनकौलमा ३६ लाख ३६ हजार ४५ रुपैंयाको लागतमा दुईकोठे आर.सी.सी. विद्यालय भवन हस्तान्तरण भएको छ ।

भवनहरु अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनल, ह्याण्डीक्याफ इन्टरनेशनल, विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र सर्लाहीको साझेदारीमा सञ्चालित “समावेसी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजना” अन्तर्गत निर्माण गरिएको छ ।

चन्द्रनगर गाउँपालिकामा गा.पा. अध्यक्ष महेन्द्र महतो र आर.आर.पि.के.का कोषाध्यक्ष पिंकी साह र हरिपुर्वा नगरपालिकामा नगर प्रमुख सियाराम राय र आर.आर.पि.के.का सचिव लिला पनेरुले संयुक्त रुपमा भवनहरु उद्धघाटन गर्नुभएको थियो ।

भवन हस्तान्तरण गर्नु अगाडी सहयोगी संस्थाका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले भवनहरुमा लागेको खर्च विवरण प्रस्तुत गरि समाजिक लेखापरिक्षण गराउनु भएको थियो । साथै संरक्षण संयोजक शाहले विद्यालय भवन र शौचालय मर्मत सम्भार योजना प्रस्तुत गर्नु भएको थियो ।

हस्तान्तरण कार्यक्रममा हरिपुर्वा नगरपालिकाको नगर प्रमुख सियाराम राय, वडा अध्यक्ष धर्मराज सिंह र चन्द्रनगर गाउँपालिकाको अध्यक्ष महेन्द्र महतो, उपाध्यक्ष विणा देवी साह वडा अध्यक्ष बच्चे राय यादव, जगदिश साह, शिक्षा शाखा प्रमुख हरिकान्तलाल कर्ण, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, वल्र्ड भिजन इन्टरनेसनलका चन्द्रबहादुर मोक्त्तान र आर.आर.पि.के.बाट पिंकी साह, लिला पनेरु, सुकदेव ठाकुर उपस्थितीमा विद्यालयको प्र.अ.लाई हस्तान्तरण गरेको जानकारी संस्थाको संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले बताउनु भएको थियो ।

हस्तान्तरण कार्यक्रमको अवसरमा सहयोगी संस्थालाई विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक पुर्वाधार विकास कार्यको उच्च मुल्यांकन गर्दै विद्यालयको तर्फबाट संस्था र संस्थाको सम्पूर्ण कर्मचारीहरुलाई दोसल्ला ओढाइ सम्मान–पत्र प्रदान गरेको थिए ।

सिकाइ परियोजनाले सर्लाही जिल्लाको चारवटा स्थानीय तह चन्द्रनगर, ब्रहम्पुरी र पर्सा गाउँपालिका तथा हरिपुर्वा नगरपालिकामा समावेशी शिक्षा, बाल संरक्षण तथा अपङ्गता क्षेत्रमा विगत तीन वर्ष देखि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको संस्थाको संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले जानकारी गराएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.