१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ब्रहम्पुरी गाउँपालिकामा विद्यालय भवन र शौचालय हस्तान्तरण गरियो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

ब्रहम्पुरी गाउँपालिकामा विद्यालय भवन र शौचालय हस्तान्तरण गरियो

सर्लाही,२५चैत्र।सर्लाहीको ब्रहम्पुरी गाउँपालिकामा तीनवटा विद्यालय र एउटा मदरसामा निर्मित विद्यालय भवन र बालमैत्री तथा अपाङ्गता मैत्री शौचालय भवनको हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

ब्रहम्पुरी गाउँपालिका वडा नं.६ स्थित श्री मंगलस्थान उत्पीडित उत्थान प्राथमिक विद्यालय, नोकैल्वामा ३७ लाख ६४ हजार २७२ रुपैंयाको लागतमा दुईकोठे आर.सी.सी.विद्यालय भवन, श्री मदरसा इसलामिया नोकैलवामा १४ लाख २० हजार ९५७ रुपैंयाको लागतमा, वडा नं. ४ स्थित श्री सुराज मा.वि त्रिभुवननगरमा १३ लाख ६३ हजार १५५ लागतमा र वडा नं. ७ स्थित श्री शिवन फुनिया देवी जनता मा. वि पिपरामा १३ लाख १५ हजार ६८१ रुपैंयाको लागतमा बालमैत्री, लैङ्गिक तथा अपाङ्गतामैत्री पक्की शौचालय भवन हस्तान्तरण भएको छ ।

उक्त भवनहरु अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनल, ह्याण्डीक्याफ इन्टरनेशनल, विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र सर्लाहीको साझेदारीमा सञ्चालित “समावेसी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजना” अन्तर्गत निर्माण गरिएको छ ।

ब्रहम्पुरी गाउँपालिकामा गा.पा. अध्यक्ष विनोद कुमार साह, उपाध्यक्ष गिता देवी यादव, प्रमुख प्रसाशकीय अधिकृत शैलेस यादव, वल्र्ड भिजन इन्टरनेसनलका चन्द्रबहादुर मोक्त्तान, निराजन मिश्रा र आर.आर.पि.के.का कोषाध्यक्ष पिंकी साहले संयुक्त रुपमा भवनहरु उद्धघाटन गर्नुभएको थियो ।

भवन हस्तान्तरण गर्नु अगाडी आर.आर.पि.के. संस्थाका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले भवनहरुमा लागेको खर्च विवरण प्रस्तुत गरि समाजिक लेखापरिक्षण गराउनु भएको थियो । साथै संरक्षण संयोजक शाहले विद्यालय भवन र शौचालय मर्मत सम्भार योजना प्रस्तुत गर्नु भएको थियो ।

ब्रहम्पुरी गाउँपालिकाको अध्यक्ष विनोद कुमार साहले सुराज मा.वि त्रिभुवननगरलाई दलित तथा मुशलिम छात्राहरुलाई मध्य नजर गरि अवासीय कन्या विद्यालय बनाउने र मंगलस्थान उत्पीडित उत्थान प्राथमिक विद्यालयमा कम्पाउण्ड वाल निर्माणको लागि तीन लाख रुपैंया उपलब्ध गराउने प्रतिव्द्धता गर्नुभएको थियो ।

प्रमुख प्रसाशकीय अधिकृत शैलेस यादवले सिकाइ परियोजना हाम्रो लागि सहयोगी हात हुन र वहाँले गरेको कार्य वास्तवमा धेरै नै सराहनीय छ । सिकाइ परियोजनाले बनाएको विद्यालय भवन र शैचालय तथा शैक्षिक सामग्रीहरुको रेखदेख र संरक्षण गर्नू हामी सबैको जिम्मेवारी हो भन्नु भएको थियो ।

हस्तान्तरण कार्यक्रममा ब्रहम्पुरी गाउँपालिकाको अध्यक्ष विनोद कुमार साह, उपाध्यक्ष गिता देवी यादव, प्रमुख प्रसाशकीय अधिकृत शैलेस यादव, जिल्ला समनव्य समितिका सदस्य राम दुलार राय, वडा अध्यक्ष शेख अताउर रहमान, श्याम बाबु राय, शिक्षा शाखा प्रमुख जय प्रकाश प्रसाद, विद्यालयका प्र.अ. रघुनन्दन राय, राम चन्द्र मण्डल, बासुदेव राय, मदरसा अध्यक्ष अमिन साफी, वल्र्ड भिजन इन्टरनेसनलका चन्द्रबहादुर मोक्त्तान, निराजन मिश्रा र आर.आर.पि.के.का कोषाध्यक्ष पिंकी साह, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थितीमा विद्यालयको प्र.अ.लाई हस्तान्तरण गरेको संस्थाको संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले बताउनु भएको थियो ।

सिकाइ परियोजनाले सर्लाही जिल्लाको चारवटा स्थानीय तह चन्द्रनगर, ब्रहम्पुरी र पर्सा गाउँपालिका तथा हरिपुर्वा नगरपालिकामा समावेशी शिक्षा, बाल संरक्षण तथा अपङ्गता क्षेत्रमा विगत तीन वर्ष देखि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको संस्थाको संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले जानकारी गराएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.