१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
उपेन्द्रको सुझबुझले सत्तामा जसपाको पकड, अधिकारका मुद्दा कार्वन्वयनतर्फ – Nigrani Today
ताजा खबरराजनीतिसमाचारस्थानीय

उपेन्द्रको सुझबुझले सत्तामा जसपाको पकड, अधिकारका मुद्दा कार्वन्वयनतर्फ

  • काठमाडौं,२६ चैत्र ।जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवको राजनितिक सुझबुझका कारण जसपाले केन्द्रदेखी प्रदेशसम्मको सत्तामा पकड जमाएको छ।

हालै संघिय सरकारले सिफारिस गरेको २० राजदुतहरुमध्ये जसपाको भागमा २ जना राजदुतहरु परेका छ्न।

अध्यक्ष यादवकै जिम्मेवार राजनितीका कारण डा.रामसुरत राय डेनमार्क तथा नवराज सुवेदी साउदी अरेबियाको राजदुतमा सिफारिस भएका छ्न।

पांच दलिया गठबन्धनको मुख्य घटकको रुपमा स्थापित भएको जसपा यसाघी प्रदेश १ तथा लुम्बिनी प्रदेशमा सरकारमा समेत सहभागिता जनाईसकेको छ।

संघियता, शमावेसिता र पहिचानलाई आधार मानी स्थापना भएको जसपाका अध्यक्ष यादवले पार्टी, देश र मधेसलाई अगाडी बढाउन सकृय रहेका छ्न।

पार्टीले उठाएका मुद्दाहरुमा अडिग रहेर सैयमित तथा परिणाममुखी रणनिती तय गर्न सिपालु अध्यक्ष यादवकै सकृयतामा मधेसी, आदिवासी-जनजातीहरुको अधिकारका सवाल सम्बोधन गर्न केन्द्र सरकार दवावमा छ।

जन्मसिद्धका संतानले नागरिक्ता पाउनुपर्ने र पहिचानको आधारमा राज्यको संरचना हुनुपर्नेमा यादवको जोड छ।

यादवकै पहलमा नागरिक्ता विधेयक संसदमा छलफलको क्रममा रहेको छ भने मधेसका जिल्लाहरुमा विकाशको कार्य तिव्रगतिमा बढेको छ।

आरक्षण लागू भईसकेको छ, त्यसको फाईदा आम मधेसी, आदिवसी-जनजाती, पिछडवर्ग, महिला, मुश्लिमले लिईरहेका छ्न। राज्यसत्तामा ती समुदायको पहुच सुनिश्चित भएको छ्न भने प्रदेशहरुले समेत संघीयताको मर्म बमोजिम अधिकार पाउनेक्रममा छ्न।

जसपाले उठाएका अन्य मुद्दाहरुको कर्वन्वयनका लागि समेत अध्यक्ष यादव प्रयासरत रहेको देखिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.