१४ चैत्र २०८०, बुधबार | Email:- [email protected] | [email protected]
जनप्रतिनिधि र कर्मचारीलाई गाली ग्लौज गरेपछी पुर्व गा.पा. अध्यक्ष महतोको सालो पक्राउ – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारसमाजस्थानीय

जनप्रतिनिधि र कर्मचारीलाई गाली ग्लौज गरेपछी पुर्व गा.पा. अध्यक्ष महतोको सालो पक्राउ

८ असोज । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई गाली ग्लौज गरेपछी पुर्व गाउँपालिका अध्यक्षमहेन्द्र महतोको सालोलाई ईलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महेन्द्र महतोको आफनै सालो हरिनायण महतो सुडी रहेको छ ।

सुडी दिउसो रक्सी खाएर अपरान्ह गाउँकार्यपालिकाको बैठक छेउमा गएर जनप्रतिनिधि तथा कर्मचारीहरुलाई गाली ग्लौज तथा अशब्द प्रयोग गरेका थिए । महेन्द्र महतो हारेको पिरमा रिसबी साध्नलाई महतोको सालो हरिनारायणले गाली ग्लौज गरेपछी उनिलाई प्रहरीले पक्राउ गरेको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोको ििजजी सचिवालयले जनाएको छ ।

यसैगरी महेन्द्र महतोको अन्य समर्थक पनि पक्राउ परेको छ । हरिनारायण सहित संजित यादव लगायत ४ जनालाई पक्राउ गरिएको छ। पुर्व या.पा अध्यक्षको चन्द्रनगरमा एकलौटी शासन थियो, बर्षौ बर्षौ देखिको बिरासत टुटेपछी हारको पिर सहन नसकेर पुर्व गापा अध्यक्ष महतोले आफना कार्यकर्ता र नातामा पर्ने व्यक्तिलाई उक्साई कर्मचारी र जनप्रतिनिधिलाई गाली गलौज दिन लगाएको गापा अध्यक्ष राजकुमार महतोको स्वकीय सचिव उमेश साहले आरोप लगाउनुभयो ।

गाउँपालिकाबाट सर्व सहमती सहित केहि कर्मचारीलाई हटाइएको छ, घर बसी बसी तलब खाने अयोग्य कर्मचारीहरुलाई मात्र हटाइएको छ । बाँकी गाउँपालिकामा अहिले पनि अधिकांश कर्मचारी पुरानै करारको रहेको छ, अरु कुनै कमजोरी फेला नपरेपछी पुर्व गापा अध्यक्षले करारको मुदालाई लिएर गाली दिन लगाएको स्वकीय सचिव साहको भनाइ रहेको छ । स्रोतः विभिन्न अनलाइन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.