१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नेपाली काँग्रेस सर्लाहीका पुर्व क्षेत्रीय सभापति चौधरी ६१ वर्षको उमेरमा निधन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारस्थानीय

नेपाली काँग्रेस सर्लाहीका पुर्व क्षेत्रीय सभापति चौधरी ६१ वर्षको उमेरमा निधन

सर्लाही,२४ वैशाख ।नेपाली काँग्रेस सर्लाहीका पुर्व क्षेत्रीय  सभापति राकेश रोशन चौधरीको ६१ वर्षको उमेरमा निधन भएको छ।

सर्लाहीको हरिपुर नगरपालिका वडा नं ७ घर भएका चौधरीको उपचारको क्रममा भरतपुर अस्पतालमा शनिबार विहान निधन भएको उहाको भाइ तथा नेपाली काँग्रेस हरिपुर नगरपालिकाका मेयरका प्रत्यासी गोपाल पजियारले जानकारी दिनुभयो ।

चौधरीको प्राथीब शरिरिमा संविधान सभा सदस्य रामचन्द्र चौधरीले पार्टीको झण्डा अोढाएर श्रद्धाञ्जली दिनुभएको छ।

नेपाली काँग्रेसका पुर्व क्षेत्रीय   सभापति तथा महाधिवेशन प्रतिनिधि समेत रहनु भएका चौधरी लामो समय देखि नेपाली काँग्रेसको राजनिती सकृय हुनुहुन्थ्यो ।

उहाको १ छोरा १ छोरी र श्रीमती हुनुहुन्छ ।उहाँ थारु कल्याणकारी सभा जिल्ला कार्य समितका पुर्व अध्यक्ष समेत हुनुहुन्थ्यो ।

नेपाली काँग्रेस हरिपुरले उहाको निधनको शोकमा भोलि २५ गते ९ वटै वडाकाको पार्टी कार्यालयमा पार्टीको आधा झण्डा झुकाउने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.