१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
संयुक्त अर्ध वार्षिक समीक्षा तथा पुनारावलोका कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

संयुक्त अर्ध वार्षिक समीक्षा तथा पुनारावलोका कार्यक्रम सम्पन्न

मलंगवा, २२ वैशाख । सर्लाहीको मलंगवा नगरपालिकामा संयुक्त अर्ध वार्षिक समीक्षा तथा पुनारावलोका कार्यक्रम सम्पन्न भएको छ । अष्ट्रेलियन सरकारको आर्थिक सहयोग, वल्र्ड भिजन ईन्टरनेसनल नेपालको प्राविधिक सहयोग तथा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र र वागमती सेवा समाजसँगको साझेदारीमा सर्लाही जिल्लाको चार वटा स्थानीय तहमा विभिन्न परियोजनाको संयुक्त अर्ध वार्षिक समीक्षा तथा पुनारावलोका कार्यक्रम सम्पन्न भएको हो ।

हरिपुर्बा ब्रह्मपुरी, चन्द्रनगर र पर्सामा विगत ३ वर्ष देखि सञ्चालनमा रहेका समावेसी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजना, पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना, स्टे«ला परियोजना र बाल स्पोन्सरशीप परियोजना अन्तर्गत भए गरेका कार्यक्रमहरुको बिहिवार अर्ध वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्दले जनाएको छ ।

हरिपुर्बा ब्रह्मपुरी, चन्द्रनगर र पर्सा गाउँपालिकामा विगत ३ वर्ष देखि सञ्चालनमा रहेका समावेसी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजना संचालनमा छ भने पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना, स्टे«ला परियोजना र बाल स्पोन्सरशीप परियोजना हरिपुर्बा नगरपालिका र पर्सा गाउँपालिकामा संचालनमा छ ।

संयुक्त अर्ध वार्षिक समीक्षा बैठकमा दुईटै संस्थाका कार्मचारीहरु द्धारा सबै परियोजनाको छुटा छुटै ग्यालेरी प्रिजेन्टेशन मार्फत उपलब्धिहरु प्रस्तुत गरिएको थियो ।राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका अध्यक्ष गायत्री देवी महतोको अध्यक्षता र जिल्ला समन्वय अधिकारीको प्रमुख अतिथित्वमा कार्यक्रम भएको थियो ।

कार्यक्रमा जिल्ला समन्वय अधिकारी होमनाथ सुबेदी, ब्रहम्पुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सैलेश यादव, जन स्वास्थ्य कार्यलय सर्लाहीका प्रमुख डा. नवल किशोर झा, पशु स्वास्थ्य विज्ञान केन्द्रका प्रमुख डा. जय प्रकाश यादव, शिक्षा विकाश समन्वय एकाईका अनिल कुमार साह, पत्रकार बिश्वनाथ ठाकुर, टंक क्षेत्री लगायत सम्बन्धित स्थानिय तहका शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, महिला तथा बालबालिका शाखा प्रमुख, कृषि तथा पशु शाखा प्रमुख, वागमती सेवा समाजका अध्यक्ष भरत कार्की, आर.आर.पि.के.का कार्यकारी निर्देशक शिवजी प्रसाद साह र वल्र्ड भिजन ईन्टरनेसनल नेपालका प्रतिनिधिहरुको उपस्थिति रहेको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.