१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुर्वा नगरपालिकाका प्रशासकीय अधिकृत १ लाख नगद सहित पुरस्कृत – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

हरिपुर्वा नगरपालिकाका प्रशासकीय अधिकृत १ लाख नगद सहित पुरस्कृत

सर्लाही २४ वैशाख ।सर्लाहीको हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित ४ जना कर्मचारी पुरस्कृत भएका छन ।नगरपालिकामा उत्कृष्ट कार्य गरेको भन्दै हरिपुर्वा नगरपालिकाले आईतवार ४ जना कर्मचारीलाई सम्मान गरेको हो।

सम्मानित हुनेहरुमा प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाललाई नगद रु १ लाख प्रशंसा पत्र,प्रशासकीय अधिकृत कुमार परियार नगद ४० हजार सहित प्रशंसा पत्र ,
, चौथो तहका कर्मचारी दिपेन्द्र कुमार राय नगद ३० हजार प्रशंसा पत्र, कार्यलय सहयोगी उपेन्द्र रायलाई नगद २० हजार सहित प्रशंसा पत्र मायाको चिनो सहित पुरस्कृत भएको हरिपुर्वा नगरपालिकाले जनाएको छ।
नगरपालिका पदाधिकारीहरुको विदाई तथा कर्मचारी पुरस्कार वितरण कार्यक्रम पालिकाको ४ जनै कर्मचारी सम्मानित भएको हो।

हरिपुर्वा नगरपालिकाका कार्यबाहक नगर प्रमुख चन्द्रकला देवी सुडीको अध्यक्षता तथा निबर्तमान नगरप्रमुख सियाराम रायको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ९ वटै वडा तथा नगरपालिकाका सम्पुर्ण पदाधिकारीहरुको विदाई गरिएको हरिपुर्वा नगरपालिकाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.