१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा फेरी कांग्रेसकै खाता खुल्यो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारस्थानीय

सर्लाहीमा फेरी कांग्रेसकै खाता खुल्यो

सर्लाही,३१ वैशाख ।सर्लाहीको हरिपुर्वा नगरपालिकामा पनि नेपाली कांग्रेसकै खाता खुलेको छ । हरिपुर्वा नगरपालिका वडा नं. १का वडा अध्यक्षमा श्यामबाबु रायले ३ सय ७५ मत ल्याएर विजय हुनुभएको छ ।

उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टी नेपालका राकेश राय ३५१ मत प्राप्त गर्नुभएको थियो । यो सँगै सर्लाहीमा नेपाली कांग्रेसले दुई वटा वटा जितेको छ । अर्को मलंगवा नगरपालिका १ मा नेपाली काँग्रेसका उमेदवार नबलकिशोर यादव विजयी भएका छन् । मतगणनामा सहभागि स्रोतका अनुसार ४५ वर्षीय नवलकिशोर ४२३ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका राजकिशोर राय यादवले ४११ मत प्राप्त गरेका छन् ।

यसैगरी हरिपुर्वा नगरपालिकामा नगर प्रमुख पदका उम्म्ेदवार मध्ये सबैभन्दा बढि नेपाली कांग्रेसका उम्मेदवार बिनोद साहले ४७९ , नेकपा एमालेका उम्मेदवार जयप्रकाश यादवले ३३४, जन्ता समाजवादी पार्टीका उम्मेदवार योग्यनारायण रायले २८१ र जनमत पार्टी नेपालका उम्मेदवार दिनेश राय यादवले २४५ मत प्राप्त गरेको छ । यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार सुमिन्त्रा देवी यादवले ४१३, एमालेका उम्मेदवार अंगुरी खातुनले ३३८ र जनमत पार्टीका उम्मेदवार निलम देवी साहले ३५१ मत प्राप्त गरेकी छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.