१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही स्थानिय तह निर्वाचन अपडेट – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाही स्थानिय तह निर्वाचन अपडेट

नव निर्वाचित सर्लाहीका वडा अध्यक्षहरु
सर्लाही,१ जेठ । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अहिले देशभर मतगणना भइरहेको छ । केही स्थानहरुको नजिता समेत सार्वजनिक भइसेको छ । सर्लाहीमा पनि केही स्थानबाहेक अधिकांश स्थानमा मतगणना भइरहेको छ । यसैक्रममा सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका राम सुरेश राय विजयी भएका छन् ।३८८ मत सहित राय विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी जसपाका चन्द्रशेखर प्रसाद यादवले ३१६ मत मात्र पाए । कांग्रेसका शिवस्वरुप रायले भने २९८ मत प्राप्त गरेका छन् ।

यसैगरी धनकौल गाउँपालिका वडा नं. १ को वडा अध्यक्षमा काँग्रेसको उमेदवार गौरीशंकर महतो बिजयी भएको छ । महतोले ६९४मत ल्याएका छन । महतोका निकटतम् प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार शिव कुमार महतोले ६६५ मत प्राप्त गरे। त्यस्तै धनकौल गाउँपालिकाकै वडा नं. २ मा पनि नेपाली कांग्रेसका उम्मेदवार राम बहादुर सहनीले १४४१ मत ल्याएर विजयी हुनुभएको छ । उहाको निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रामअधार रायले मात्र ६ मत प्राप्त गरे । धनकौल गाउँपालिका वडा नं. ३ मा नेकपा एमालेका उम्मेदवार राम प्रसाद राय ५२४ मत ल्याएर विजयी हुनुभएको छ । उहाको निकटतम् प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार विलय राय यादवले २८९ मत प्राप्त गरे ।

तयस्तै ईश्वरपुर नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका धर्मेन्द्र राय यादव विजयी भएका छन् ।५९६ मत सहित यादव विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मंजुर मियाँ मोसिनले ५३७ मत प्राप्त गरे ।
चन्द्रनगर गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार रामेश्वर प्रसाद महतो विजयी हुनुभएको छ । महतोले ६४६ मत ल्याएर सम्पूर्ण प्यानल सहित विजयी भएको हो । वडा अध्ययक्ष महतोका प्रतिस्पर्धी जनता लोकतान्त्रिक समाजवादी पार्टीका सुशिल यादवले ३७१ मत प्राप्त गरेका छन् । हाल चन्द्रनगरमा नेपाली कांग्रेसकै अग्रता रहेको छ ।

यसैगरी हरिपुर नगरपालिका वडा नं. ८ मा पनि एकीकृत समाजवादीका उम्मेदवार हरिबहादुर थापा क्षेत्री ४५० मत ल्याएर विजयी हुनुभएको छ । हिजो मात्र हरिपुर नगरपालिका ९ मा सजवादीका विश्वनाथ राय यादव ११८७ मतका साथ विजयी भएका थिए् । उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादीका हरिनाथ साहले ५५५ मत मात्रै ल्याएका थिए । त्यस्तै माओवादी केन्द्र बाट हरिपुर नगरपालिका वडा नं. १ को अध्यक्ष पदमा नानीबाबु थापा ७८० मतले बिजय हुनुभएको छ ।

यसैगरी हरिवन नगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका अर्जुन योञ्जन विजयी भएका छन् ।आईतबार बिहान ४ बजे निर्वाचन अधिकृतको कार्यालयले गरेको घोषणा अनुसार योञ्जनले ९४६ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अर्जुन महतोले ८७८ मत मात्र ल्याए । वडाध्यक्ष योञ्जन बाहेक चारैजना सदस्य भने एमालेबाट विजयी भएका छन् । हरिवनको वडा नम्बर १ मा भने यसअघि नै कांग्रेसका टम बहादुर घिसिङ विजयी भईसकेका छन् ।

त्यस्तै लालबन्दी नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका बुद्ददेव चौधरी विजयी भएका छन् ।बुद्ददेवले ४९७ मत ल्याए भने निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका योगेन्द्र चौधरीले ४७१ मत पाए । माओवादीका मुक्तिनारायण चौधरीले भने २५२ मत मात्र प्राप्त गरे । त्यहाँ महिला सहित २ सदस्यमा एमाले र २ जना सदस्यमा कांग्रेसका उम्मेद्वार विजयी भएका छन् ।

त्यस्तै हरिपुर्वा नगरपालिकामा वडा नं. ३ मा जसपा नेपालबाट प्रमोद रायले ८०६ मत ल्याएर पुरै पाइनल सहित बिजय हुनुभएको छ । उहाको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार धनराज सिंहले ७०३ मत प्राप्त गरे । हरिपुर्वाकै वडा नं. १का वडा अध्यक्षमा श्यामबाबु रायले ३ सय ७५ मत ल्याएर विजय हुनुभएको छ । उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टी नेपालका राकेश राय ३५१ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै हरिपुर्वा नगरपालिकाकै वडा नं.२ को वडाध्यक्षमा जसपाका उम्मेदवार दिनेश यादब ६६२ मत ल्याएर बिजयी भएका छन ।उहाको निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पुरुषोत्तम रायले ३०२ मत पाए ।

मलंगवा नगरपालिका १ मा नेपाली काँग्रेसका उमेदवार नबलकिशोर यादव विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका राजकिशोर राय यादवले ४११ मत प्राप्त गरेका छन् । त्यस्तै मलंगवा नगरपालिका वडा नं. २मा नेकपा एमालेका उम्मेदवार धिरेन्द्र साह विजयी भएको छ ।

पालिकाको प्रमुख उपप्रमुख÷ अध्यक्ष उपाध्यक्षको मत परिणाम
यसैगरी हरिपुर्वा नगरपालिका वडा नं. १का वडा अध्यक्षमा श्यामबाबु रायले ३ सय ७५ मत ल्याएर विजय हुनुभएको छ । उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टी नेपालका राकेश राय ३५१ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै हरिपुर्वा नगरपालिकाकै वडा नं.२ को वडाध्यक्षमा जसपाका उम्मेदवार दिनेश यादब ६६२ मत ल्याएर बिजयी भएका छन ।उहाको निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पुरुषोत्तम रायले ३०२ मत पाए ।

त्यस्तै धनकौल गाउँपालिकामा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार रामआश्रय साहको अग्रता कायमै रहेको छ । साहले २३३९ मत प्राप्त गरेको छ । अध्यक्ष पदमै माओवादीका उम्मेदवार फकिरा महतोले ११६२ मत प्राप्त गरेको छ । एमालेका उम्मेदवार अजय कुमार सिंहले भने ९२३ मत प्राप्त गरेको छ । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अकली सहनीले २३६१ मत, माओवादीका उम्मेदवार निलमकुमारी देवी सहनीले १०६३ मत र एमालेका उम्मेदवार रमिता कुमारी यादवले ९२० मत प्राप्त गरेकी छन ।

यसैगरी हरिपुर्वा नगरपालिकामा नगर प्रमुख पदका उम्म्ेदवार मध्ये सबैभन्दा बढि नेपाली कांग्रेसका उम्मेदवार बिनोद साहले १८०५ , जन्ता समाजवादी पार्टीका उम्मेदवार योग्यनारायण रायले १२४७, मत प्राप्त गरेको छ । यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार सुमिन्त्रा देवी यादवले १४३९, जन्ता समाजवादी पार्टी नेपालका उम्मेदवार सुनिता देवी यादवले १२३०, मत प्राप्त गरेकी छन ।

हरिपुर नगरपालिकामा नगर प्रमुखमा माओवादीबाट सुनिल कुमार बुधाथोकीलाई २२६६ मत, नेपाली कांग्रेसका उम्मेदवार गोपाल पंजियारले २१६३ र एकीकृत समाजवादीका उम्मेदवार जमेरुदिन मंसुरले १३१३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उप प्रमुख पदमा एकिकृत समाजवादीका उम्मेदवार शिला कार्कीले २२६५, माओवादीका उम्मेदवार अनिता देवीले २ हजार र नेपाली कांग्रेसका उम्मेदवार निलम देवी राय यादवले १८९० मत प्राप्त गर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.