१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगर वडा नं. १ को अध्यक्षमा प्यान सहित महतो विजयी,कांग्रेसको अग्रता कायमै – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

चन्द्रनगर वडा नं. १ को अध्यक्षमा प्यान सहित महतो विजयी,कांग्रेसको अग्रता कायमै

सर्लाही,१ जेठ । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अहिले देशभर मतगणना भइरहेको छ । केही स्थानहरुको नजिता समेत सार्वजनिक भइसेको छ ।

सर्लाहीमा पनि केही स्थानबाहेक अधिकांश स्थानमा मतगणना भइरहेको छ । यसैक्रममा सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार रामेश्वर प्रसाद महतो विजयी हुनुभएको छ ।

महतोले ६४६ मत ल्याएर सम्पूर्ण प्यानल सहित विजयी भएको हो । वडा अध्ययक्ष महतोका प्रतिस्पर्धी जनता लोकतान्त्रिक समाजवादी पार्टीका सुशिल यादवले ३७१ मत प्राप्त गरेका छन् ।

हाल चन्द्रनगरमा नेपाली कांग्रेसकै अग्रता रहेको छ । नेपाली कांग्रेस बाट अध्यक्ष पदको उम्मेदवार राजकुमार महतोले ७८०, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष पदका उम्मेदवार महेन्द्र महतोले ३५७, नेकपा माओवादी पार्टीका अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र मुखियाले २९७ मत प्राप्त गरेको छ ।

यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मन्जु सिंहले ५८४, नेकपा माओवादी पार्टीका उम्मेदवार गिता देवी महतोले ३८५ मत र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारले ३४९ मत प्राप्त गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.