१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
धनकौल गाउँपालिका अध्यक्षमा साह उपाध्यक्षमा सहनी बिजयी – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारसमाजस्थानीय

धनकौल गाउँपालिका अध्यक्षमा साह उपाध्यक्षमा सहनी बिजयी

सर्लाही,२ जेठ । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अहिले देशभर मतगणना भइरहेको छ । केही स्थानहरुको नजिता समेत सार्वजनिक भइसेको छ ।

सर्लाहीमा पनि केही स्थानबाहेक अधिकांश स्थानमा मतगणना भइरहेको छ । यसैक्रममा सर्लाहीको धनकौल गाउँपालिकामा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार रामआश्रय साह र उपाध्यक्ष पदमा अकली सहनी विजयी भएको छ ।

साहले ४४७७ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा सहनीले ४५०४ मत प्राप्त गरी निवार्चित हुनुभएको छ ।

गाउँपालिका अध्यक्ष साहकोे निकटतम् प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार फकिरा महतोले ३३७८ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्ष सहनीका निकटतम् प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार निलमकुमारी देवी सहनीले ३२२५ मत प्राप्त गर्नुभएको थियो ।

एमालेका उम्मेदवार अजय कुमार सिंहले भने १६०७ मत प्राप्त गरेको थियो भने उपाध्यक्षमा रमिता कुमारी यादवले १६०३ मत प्राप्त प्राप्त गरी तेस्रो स्थान प्राप्त गरेको छ ।

सर्लाहीमा २० पालिका रहेको छ । जसमध्ये ११ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेको छ । २० वटै पालिकामा मध्ये सबैभन्दा अगाडी धनकौलको नतिजा सार्वजनिक भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.