२४ बैशाख २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा कांग्रेसको ७ पालिकामा अर्गता, हरिपुरमा पजियारको अग्रता कायमै – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

सर्लाहीमा कांग्रेसको ७ पालिकामा अर्गता, हरिपुरमा पजियारको अग्रता कायमै

सर्लाही,२ जेठ ।सर्लाहीको हरिपुर नगरपालिकामा नेपाली कांग्रेसको अग्रता रहेको मछ । नेपाली कांग्रेस बाट नगर प्रमुखका उम्मेदवार गोपाल पजियारले हाल सम्मको मतगणना परिणाम अनुसार ६३१६ मत प्राप्त गर्नुभएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादीका उम्मेदवार सुनिल कुमार बुधाथोकीले ३५७० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार अनिता देवीले ४९९४ मत प्राप्त गर्नुभएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी एकिकृत समाजवादीका उम्म्ेदवार शिला कार्कीले ३६८८ मत प्राप्त गर्नुभएको छ । हरिपुरमा वडा नं. १,२,३,४,७,८,९ गणाना भइसकेको छ भने वडा नं. ५ र ६ अझै बाँकी रहेको छ । हरिपुरमा नेपाली कांग्रेसका मेयर पद लगभग पक्का भएको देखिएको छ ।

यसैगरी सर्लाहीको सैगरी हरिपुर्वा नगरपालिकामा नगर प्रमुख पदका उम्म्ेदवार मध्ये सबैभन्दा बढि नेपाली कांग्रेसका उम्मेदवार बिनोद साहले ३११२ , जन्ता समाजवादी पार्टीका उम्मेदवार योग्यनारायण रायले १९५१, मत प्राप्त गरेको छ । यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार सुमिन्त्रा देवी यादवले २७४७, जन्ता समाजवादी पार्टी नेपालका उम्मेदवार सुनिता देवी यादवले १९९५, मत प्राप्त गरेकी छन । हरिपुर्वामा वडा नं. १,२,३,४,५को गणना भइसकेको छ ।

यसैगरी सर्लाहीको चन्द्रनगर गाउँपालिका, लालबन्दी नगरपालिका, ईश्वरपुर नगरपालिका,कविलासी नगरपालिका, ब्रह्म्पुरी गाउँपालिका, ,कौडेना गाउँपालिकामा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ भने सर्लाहीको धनकौल गाउँपालिकामा का्रग्रेस उम्मेदवार रामआश्रय साह र उपाध्यक्ष पदमा अकली सहनी दोश्रो कार्यकालको लागि विजयी हुनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.