१२ चैत्र २०८०, सोमबार | Email:- [email protected] | [email protected]
चन्द्रनगरमा कांग्रेसबाट वडा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका दनुवार विजयी – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

चन्द्रनगरमा कांग्रेसबाट वडा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका दनुवार विजयी

सर्लाही,३ जेठ ।सर्लाहीका चन्द्रनगर गाउँपालिका वडा नं. ४ मा नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका राजिव सिंह दनुवार विजयी भएको छ । नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधिमा समेत निर्वाचित भएका दनुवार कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएको थिायो ।

चन्द्रनगर वडा नं. ४ को सम्पन्न मतगणना परिणाम अनुसार दनुवारले माओवादी केन्द्रका उम्मेदवार जग्दिश साह तेलीलाई पराजित गरेको हो । दनुवारले ५३० मत प्राप्त गरेको छ भने वडा अध्यक्ष दनुवार निकटतम् प्रतिद्वन्द्वी साहले४४१ मत प्राप्त गरे । त्यस्तै वडा सदस्यहरुमा माओवादी केन्द्रकै उम्मेदवारहरु विजयी भएको छ ।

वडा अध्यक्ष दनुवारले आफुले पार्टीको लागि धेरै मेहनत, त्याग गरे तर टिकट बाडने समयमा आफलाई टिकट नदिएपछि बाध्यताले बाघी उम्मेदवार बन्नु परेको बताए । आफुले अब वडा नं. ४ मा राम्रो काम गरेर देखाउने छु, वडालाई नमुना वडा बनाउन आफुले हर सम्भव प्रयास गर्ने दनुवारले बताए । वडा अध्यक्ष दनुवार वडा नं. ४ मा लोकप्रीय युवा भएको उहाको समर्थक सरोज सिंहले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.