३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुर्वा नगरपालिकामा कांग्रेसकै साह र यादव विजयी – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

हरिपुर्वा नगरपालिकामा कांग्रेसकै साह र यादव विजयी

सर्लाही,४ जेठ । सर्लाहीको हरिपुर्वा नगरपालिकामा पनि नेपाली कांग्रसले जित निकालेको छ । कांग्रेसबाट नगर प्रमुखमा विदोद साह र उपप्रमुखमा सुमिन्त्रा देवी यादव निर्वाचित हुनु भएको छ ।

आज विहान सम्पन्न मतगणानाको परिणाम अनुसार नगर प्रमुख साहले ५०९९ मत प्राप्त गरी निर्वाचित भएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी जन्ता समाजवादी पार्टीका उम्मेदरवार योग्यनारायण रायले ३४९५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपप्रमुखमा कांग्रेसकै यादवले ४३९१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी जन्ता समाजवादी पार्टीका उम्मेदरवार सुनिता देवी यादवले ३४०० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शंकर राज लुईटेलले जानकारी दिनुभयो । हरिपुर्वा नगरपालिकामा ९ वटा वडा रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.