१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
चन्द्रनगरमा १३ लाख ९८ हजार मुल्य बराबरको कृषि सामग्री वितरण – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

चन्द्रनगरमा १३ लाख ९८ हजार मुल्य बराबरको कृषि सामग्री वितरण

सर्लाही,१६ असार । सर्लाहीको चन्द्रनगरमा किसानहरुलाई विभिन्न कृषि सामग्री वितरण गरिएको छ । ग्रामिण उधम तथा विप्रेषण आयोजना(समृद्धि) समूहले वडा नं. २ मा रहेको लक्ष्मी महिला कृषक समूहमा आवद्ध विभिन्न किसानहरुलाई कृषि सामग्री वितरण गरेको छ ।

ग्रामिण उधम तथा विप्रेषण आयोजना(समृद्धि) समूहको तर्फ बाट रु.४ लाख २५ हजार र लक्ष्मी महिला कृषक समूहले रु ९ लाख ७३ हजार गरी १३ लाख ९८ हजार मुल्य बराबरको कृषि सामग्री समूहमा आवद्ध किसानहरुलाई वितरण गरिएको लक्ष्मी महिला कृषक समूहकी अध्यक्ष रामकली देवी महतोले जानकारी दिनुभयो ।

कृषि सामग्रीहरु चन्द्रनगर गाउँपालिकाकी उपाध्यक्ष गिता देवी महतो र वडा नं. २ का वडा अध्यक्ष सम्भु साहले सम्बन्धित किसानहरुलाई वितरण गर्नुभएको हो । किसानहरुले कृषि सामग्री पाएपछि खुसि भएको लक्ष्मी महिला कृषक समूहकी अध्यक्ष महतोले बताउनुभयो ।

कृषि सामग्रीहरुमा गोडमेल गर्ने मेशिन २ थान, ह्विल ब्यारो २२ थान, ड्राइप पाइप १७ थान, मलचिन ४४ थान, टनेल २२ थान, नरसरी ट्रे ५० थान, पानी टयाङकी २२ थान, मल खाध २ सय बोरा,किटनाशक औषधी २ सय ५० किलोग्राम,टनेल प्लाष्टिक २२ थान लगायतका विभिन्न सामग्री वितरण गरिएको ग्रामिण उधम तथा विप्रेषण आयोजना(समृद्धि) समूहका गाल्स सुपरभाइजर विणा विष्टले जानकारी दिनुभयो ।

विष्टका अनुसार हाम्रो संस्था विभिन्न कृषक समुहमा केहि लगानी समुहको र केहि लगानी संस्था गरेर संंंंयुक्त लगानीमा कृषि क्षेत्रमा काम गर्ने गरेको बताउनुभयो । हाल ग्रामिण उधम तथा विप्रेषण आयोजना(समृद्धि) समूह सर्लाहीको चन्द्रनगर, लालबन्दी,बरहथवा र कविलासी नगरपालिका गरी ४ पालिकामा काम गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.