१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
लालबन्दीमा पनि काँग्रेसले बाजि मार्यो – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

लालबन्दीमा पनि काँग्रेसले बाजि मार्यो

सर्लाही,५ जेठ। भूगोलको आधारमा जिल्लाकै सबैभन्दा ठुलो लालबन्दी नगरपालिकामा काँग्रेसले बाजी मारेको छ । एमालेका उमेदवारलाई पछि पार्दैै मेयर उपमेयर दुबै पदमा काँग्रेसले बाजी मारेको हो ।

मेयरमा काँग्रेस नेता बासुदेव अधिकारी र उप मेयरमा काँग्रेस नेतृ कल्पना पाख्रिन विजयी भएको निर्वाचन अधिकृतको कार्यालय लालबन्दीले जानकारी दिएको छ । निर्वाचन अधिकृत विनोदलला श्रेष्ठका अनुसार मेयरमा अधिकारीले ९ हजार ५६१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गोविन्द महतले ७ हजार ८८३ मत प्राप्त गरे । यी दुइबीच १ हजार ७७८ मत अन्तर रहेको छ ।

त्यस्तै उपमेयरमा पाख्रिनले एमालेकी संसरीमाया थिङलाई ६९१ मत अन्तरले पराजित गरेकी छन् । उपमेयरमा पाख्रिनले ८ हजार ८५० मत प्राप्त गरिन भने एमालेकी थिङले ८ हजार १५९ मत प्राप्त गरिन् ।

यता, मेयर र उपमेयरमा तालमेल गरेका माओवादी केन्द्र र एकीकृत समाजवादीका उमेदवारहरु भने तेश्रोमा खुम्चिएका छन् । माओवादी केन्द्रका मेयर उमेदवार प्रह्लाद बुढाथोकीले ६ हजार १७५ मत पाए भने उपमेयरका उमेदवार गोविन्द अधिकारीले ३ हजार ६४१ मत पाए ।

केन्द्रीय पाँच दलीय गठबन्धन अनुसार लालबन्दीमा काँग्रेसका मेयर उमेदवारलाई फिर्ता बोलाउन खोजिए पनि त्यो असफल भएको थियो । काँग्रेस उमेदवार बासुदेव अधिकारीको उमेदवारी फिर्ता गर्न शेर बहादुर देउवाले पत्र नै पठाए पनि त्यो ढिलो गरी प्राप्त हुँदा कार्यान्वयन भएको थिएन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.