१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
हरिवनमा माओवादीबाट मेयरमा बुढाथोकी, उपमेयरममा एमालेकी घलान निर्वाचित – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

हरिवनमा माओवादीबाट मेयरमा बुढाथोकी, उपमेयरममा एमालेकी घलान निर्वाचित

सर्लाही,६ जेठ । सर्लाहीको हरिवन नगरपालिकामा मेयर पदमा नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र) ले जित निकालेको छ भने नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले उपमेयरमा जित निकालेको छ । हरिवन नगरपालिकाको नगर प्रमुखमा कमल बुढाथोकी र नगर उप–प्रमुखमा हरि माया घलान निर्वाचित हुनु भएको छ ।

नगर प्रमुखमा बुढाथोकीले ७००२ मत प्राप्त गरी निर्वाचित भएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदरवार गणेश प्रसाद प्रसाईले ६८४९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपप्रमुखमा घलानले ६८५५मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदरवार सोनी कुमारी बामेम्जनले ५३२१ मत प्राप्त गर्नुभएको थियो ।

यो संगै माओवादी केन्द्रमा अहिले सम्म बलरा नगरपालिका, बागमती नगरपालिका र रामनगर गाउँपालिका गरी ४ पालिकामा जित निकालेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.