१६ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
वडाअध्यक्षको उदाहरणीय कार्य स : विद्यार्थी भर्ना अभियान लिएर नागरीकको घरदैलोमा – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

वडाअध्यक्षको उदाहरणीय कार्य स : विद्यार्थी भर्ना अभियान लिएर नागरीकको घरदैलोमा

हरिपूर्वा, १० जेठ । सर्लाहीको हरिपुर्वा नगरपालिका ४ का वडा अध्यक्षले पद तथा गोपनियताको सपथ लिनुअघि नै नमूना काम गरेर देखाउनुभएको छ । नेपाली काँग्रेसबाट वडाअध्यक्षमा विजयी हुनुभएका नोखेलाल यादव विद्यार्थी भर्ना अभियान लिएर जनताको घरदैलोमै पुग्नु भएको हो ।

चुनावअघि वडाअध्यक्ष यादवले हरिपुर्वा ४ का जनतासँग शिक्षालाई भारी सुधार गर्ने प्रतिवद्धता गर्नुभएको थियो । सोही अनुसार आफू जनताका छोराछोरीलाई विद्यालय भर्ना गर्ने अभियानमा लागेको वडाअध्यक्ष यादवले बताउनुभयो ।

घरदैलो अभियानका क्रममा नागरीकका पैदलै घरघरमा पुगेर वडा अध्यक्ष यादवले बालबालिकालाई विद्यालय भर्ना गराउन आग्रह गर्नुभयो । उहाँले अभिभावकसँग भेटेर बालबालिकालाई विद्यालय भर्ना गराउन आग्रह मात्रै गर्नु भएन, नियमित विद्यालय पठाउन आग्रह समेत गर्नुभयो ।

उहाँले अब वडाका कोही पनि बालबालिका कुनै पनि कारणले शिक्षाको उज्यालो घामबाट बञ्चित नहुने बताउनुभयो ।
सो वडामा वल्ड भिनज ईन्टरनेसनल नेपाल, एचआइ ईन्टर नेशनल र विश्व शिक्षाको संयुक्त प्राविधिक सयोग तथा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रको साझेदारीमा ‘सिकाई परियोजना’ अन्र्तगत विद्यालय भर्ना अभियान सञ्चालन भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.