१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा दुई क्विन्टल भन्दा बढी गाँजासहित ६ जना पक्राउ – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा दुई क्विन्टल भन्दा बढी गाँजासहित ६ जना पक्राउ

सर्लाही,१० जेठ। २ क्विन्टल ३७ किलो ६०० ग्राम गाँजासहित सर्लाहीबाट ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका १३ का कान्छामान थिङ, विशाल थिङ, मिलन थिङ, सुनिल दाेङ, निकेश दाेङ र राज बम्जन रहेका छन् । पक्राउ परेका मध्ये मिलन र विशाल कान्छमानका छाेरा हुन् ।

उनीहरुलाई प्रहरीले विशेष सुचनाकाे अाधारमा कान्छामानकै घरबाट पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।

उनीहरुले ७ वटा बोरामा प्लाष्टिकले बेरी बाधेको ४५ पोका र खुल्ला गरी कान्छामानकाे घरमा राखिएकाे अवस्थामा दुई क्विन्टल ३७ किलो ६०० ग्राम गाँजा पक्राउ गरेकाे हाे ।
प्रहरीले गाँजा ओसार पसारमा प्रयोग गर्ने प्र.२-०३-०११ प.४२८० नम्बर भएको २२० सि.सी. को कालो रंङको एक थान मोटरसाईकल समेत नियन्त्रणमा लिएकाे छ ।

गाँजासहित पक्राउ परेका ६ जनालाई नै ईलाका प्रहरी कार्यलय लालबन्दी राखिएकाेछ ।

उनीहरुमाथि अावश्यक कानुनी कार्वाही प्रक्रिया अघि बढाएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी माधब प्रसाद बुढाथोकीले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.